LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

सिनेटरको यौन दुर्व्यवहारमा परेकी हिलारीकी सहयोगीको खुलासा– चुम्बनपछि मेरो मुखभित्र उसले जिब्रो राख्यो

एजेन्सी न्युयोर्क, १० कात्तिक अमेरिकामा डेमोक्रयाटिक पार्टी नेतृ तथा पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनकी एक निकट सहयोगीले अमेरिकाका एक सिनेटरले आफूलाई यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छिन् ।

हिलारीकी सहयोगी हुमा अबेदिनले एक राजनीतिज्ञले सन् २००० को मध्येतिर आफूलाई घरमा बोलाएर सोफामा यौन दुव्र्यबहार गरेको बताएकी हुन् । सोफामा आफूसँग टाँसिएर सिनेटरले चुम्बन गर्न खोजेको र आफू घरबाट भागेको हुमाले आरोप लगाएकी छिन् । आफ्नो पुस्तक बोथ / एन्डः अ लाइफ इन मेनी वल्डसमा उनले यस्तो आरोप लगाएकी हुन् ।

सो पुस्तक अर्को साता प्रकाशन हुँदैछ । चिया खाने क्रममा सिनेटरले गरेको दुर्व्यवहारलाई उनले पुस्तकमा यसरी उल्लेख गरेकी छिन्, ‘उसले मतर्फ तन्किएर मेरो काँधमाथि वायाँ हात राख्यो र चुम्बन गर्यो र मेरो मुखभित्र जिब्रो राखेर यौन दुर्व्यवहार गर्यो । हुमा हिलारीकी नजिकको विश्वास पात्र हुन् ।

हुमालाई क्लिन्टनले एक पटक आफ्नो दोस्रो छोरी भनेकी थिइन् । क्लिन्टन सिनेटर हुँदा उनको कार्यबारे बर्णन गर्दा आफूमाथि यौन दुर्व्यवहार भएको उनले उल्लेख गरेकी छिन् । ४५ वर्षीया हुमाले दुव्र्यबहार गर्ने सिनेटरको नाम र पार्टीमा उनको आबद्धताबारे केही खुलाएकी छैनन् ।

वासिंगटनमा आयोजित डिनरपछि आफू ती सिनेटरसँग बाहिर निस्किएर उनको घरमा पुगेको उनले उल्लेख गरेकी छिन् । त्यसपछि सिनेटरले गरेको चिया खाने प्रस्ताव उनले स्वीकार गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर