LIVE NEWS
आज चुरे वि'नाश, भोलि आउन सक्छ महा'प्र'लय ! रसुवाको वि'नाश'कारी बाढीले मधेसलाई दिएको गम्भीर चेतावनी !सरोज यादव  र मोहम्मद जमालुद्दिन खान को पहलमा  दोहा कतारबाट  रसुवा बाढीपीडितलाई ११ लाखभन्दा बढी सहयोग२५ हजारको सामान बरामदपछि फिर्ता, प्रहरी चौकीका इन्चार्जमाथि आर्थिक लेनदेनको आरोपहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवराष्ट्रसंघको ८१औं महासभा सुरु : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डाभदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको माग

आज चुरे वि’नाश, भोलि आउन सक्छ महा’प्र’लय ! रसुवाको वि’नाश’कारी बाढीले मधेसलाई दिएको गम्भीर चेतावनी !

लेख: शशिकान्त मण्डल –रसुवाको भोटेकोसीमा आएको हिजोको अत्यन्तै विनाशकारी बाढी भविष्यमा कहिले नआओस् तर दु:ख को साथ भन्न बाध्य छु कि भविष्यमा तराई मधेसमा पनि त्यस्तो बिनाशकारी बाढी आउन सक्दैन भनेर भन्न सकिदैन। किनकि जुन द्रुतगतिमा र जुन स्तरको चुरे दोहोन अहिले चुरे क्षेत्रको भइरेको छ। त्यसको परिणाम भयावह हुनसक्छ।

त्यसैले सरकार माथि निर्भर नभई आमजनताले नै चुरे क्षेत्रको दोहोन लाई संघर्ष गरेर रोक्न जरुरी छ। सरकारमा सामेल मन्त्री, जनप्रतिनिधि, नेता, ठेकेदार, व्यापारीहरु, लगायतका व्यक्तिहरु आफू र आफ्ना परिवारलाई सुविधा सम्पन्न जीवन दिनका लागि आमजनताका भविष्य संग खेलवाड गरिरहेका छन्। प्रकृतिलाई विनाश गरिरहेका छन्। कयौं मन्त्रीहरु नै ठेकेदार छन्, क्रसर कम्पनीका संचालक छन्।

यिनिहरुले नै चुरे क्षेत्रलाई दिन प्रति दिन विनाश गरिरहेका छन्। तसर्थ सरकार माथि पूर्ण रूपमा निर्भर नभई आमजनता आफैंले चुरे क्षेत्रलाई विनाश बाट रोक्नका लागि संघर्ष गर्नुपर्ने समय आएको छ। भोलि होईन आजै देखि चुरेको संरक्षण गरौँ, आफ्नो भविष्य सुरक्षित गरौँ।

आज मधेसमा अत्यधिक गर्मी बढ्दै गर्दा घरमा पस्ने बित्तिकै मान्छेलाई आफुलाई निस्सासिएको ( सासै लिन नसकेको जस्तो ) महसुस हुन्छ। त्यो महसुस हुनुको कारण रुख, बिरुवा, नदि, नाला इत्यादिको चरम दोहोन एवं उत्खनन प्रमुख कारण हो। त्यसको परिणाम आज मधेसमा हरेक वर्ष सुख्खा परिरहेका छन्। मधेसका मान्छेलाई खपनै नसक्ने गर्मीको सामना गर्न बाध्य छन्।

यो कठिन परिस्थितिको जिम्मेवार मधेसका व्यक्ति छदै छन्। तर यो कठिन परिस्थितिको प्रमुख जिम्मेवार मधेस प्रदेशका निकम्मा सरकार पनि हुन्। किनभने तराईको एकमात्र पर्वतिय शृङ्खला चुरे लाई पनि संरक्षण गर्न सकेनन्। बरु दिन प्रति दिन चुरेको दोहन र उत्खनन बढ्दै गैरहेका छन्।

किनभने मधेसका जनप्रतिनिधिहरुको कमाइको मुख्य स्रोत चुरे क्षेत्र नै हो। जसको परिणाम स्वरुप आज मधेसमा नदि, नालाहरु सुकिरहेका छन्। रोपनीको समयमा बर्षा हुदैनन्, खडेरी पर्छन्। किसानले खेती गर्न सक्दैनन्।

खेतहरु परती छोड्नु पर्छ किनभने किसानलाई आय आम्दानीको खाचो हुन्छ। त्यसैले खेतलाई दमकल वा जेनेरेटर जोडेर पानी पटाएर खेती गर्न महँगो पर्छ। खेतमा उर्वर शक्ति छैनन्। त्यसैले रासायनिक मल, खाध प्रयोग गरेर खेती गर्दा झन् महँगो हुन्छन्। त्यसैले किसानलाई हरेक बर्ष खेती गर्न धेरै कठिनाइ परिरहेका छन्। खेती आर्थिक रूपले बोझिलो बन्दै गएका छन्।

मधेसका हजारौं सपुतहरुको बलिदान बाट देशमा संघीयता आयो तर आम जनता पिउने पानीको लागि घाटी सुकाइरहेका छन्। हरेक बर्ष सुख्खा बाट लडिरहेका छन्। दिनहु सहनै नसक्ने गर्मी खेपिरहेका छन्। रोजगारी नपाएर आखाको गह भरि आसु लिएर आफ्ना परिवारलाई छोडेर बिदेश कमाउन बाध्य भएका छन्। तर जनप्रतिनिधिहरु आम जनताकै अमूल्य भोट् लिएर, उनीहरुकै पैसा खाएर मन्त्रालयको कोठाको चिसो ए.सि. भुडी फुलाएर सुतिरहेको छन्।

मधेस प्रदेश सरकार बजेट चलाएर आफ्ना परिवारलाई समृद्ध बनाउने अनि नारा र आन्दोलन गर्नका लागि आफ्ना आसेपासेलाई समृद्ध बनाउने सरकार मात्र हो। मधेस प्रदेश सरकार आमजनताको सरकार पक्कै पनि होइन। यो निकम्मा र भ्रष्टाचारी सरकार हो।

क्रान्ति केन्द्र सरकार संग अधिकार माग्नका लागि मात्रै होइन आफ्नै मधेस प्रदेशका जनप्रतिनिधिहरुलाई आम जनताको दु:ख, पिडा महसुस गराउनका लागि पनि आवश्यक छ। चुरे संरक्षण गर्नका लागि पनि आमजनताले आफ्ना जनप्रतिनिधिहरुलाई जनकारबाही गर्न अत्यावश्यक छ। आज खेतीको समयमा पनि स्थानिय जनप्रतिनिधिहरुलाई किसानलाई मलखाध दिरहेका छैनन्।

लाग्छ कि मलखाध उनीहरुले आफ्नै घरमा आफ्नो व्यक्तिगत कमाई बाट उत्पादन गरिरहेका छन्। मलखाध नपाएर जनताको बालिनाली नष्ट भरहेका छन्, त्यसको जिम्मेवारी त्यो स्थानीय जनप्रतिनिधिले लिनुपर्छ र क्षतिपूर्ति दिनुपर्छ।

बाटो निर्माण, पूर्वाधार निर्माण, स्ट्रीट लाइट, इत्यादि जनताका लागि आवश्यक छन्। तर ती कुराहरु देश एवं जनताका लागि महत्त्वपूर्ण उपलब्धि होइनन्। आम जनताका लागि उपलब्ध ती हुन्। जब आम जनतालाई देशमै रोजगार भेट्छ।

उपलब्धि त्यो हो जब आमजनताका छोराछोरी देशको जुनसुकै कुनामा बसेपनी गुणस्तर एवं निशुल्क शिक्षा प्राप्त गर्छन्। उपलब्धि त्यो हो जब आम जनताले समयमै खेतीका लागि पर्याप्त मल, खाध एवं कृषि उपकरण सुपथ मूल्यमा पाउछन्।

उपलब्धि त्यो हो जब आमजनतालाई पिउने पानीको अभाव हुदैन। उपलब्धि त्यो हो जब आम जनताले तराई मधेसको उर्वर भूमि र जलस्रोतको संरक्षणको एक मात्र आधार चुरे पर्वतिय शृङ्खलाको दोहन एवं उत्खनन बन्द गरिन्छ र मधेसमा सुख्खा पर्दैन, मधेसमा अत्यधिक गर्मी हुदैन। आम जनताले राम्रो वातावरण पाउछ र बिरामी पर्दैनन्। समयमा पानी पर्छ र खेत रोपाइँ हुन्छ।

आमजनताका यस्ता कठिनाइहरुलाई समाधान गर्नका लागि मधेस प्रदेशका जनप्रतिनिधिहरु सजग हुन जरुरी छ। आमजनताको कठिनाइ बुझ्न जरुरी छ। तर सत्ताको लोभ, मोहमा अन्धो बनेका जनप्रतिनिधिहरुलाई जनताको दु:ख, पीडा त्यतिकै देखिने बाला छैन। अब आमजनताले धेरै दुख, पीडा भोगिसकेका छन्। तसर्थ मधेस प्रदेशमा जनआन्दोलन एवं क्रान्तिको आवश्यकता छ। त्यसैले आमजनताले यिनिहरुलाई जनकारबाही गर्नु बाहेकको विकल्प छैन।

मधेस प्रदेशका सत्ताका लोभी एवं भ्रष्टाचारी नेता तथा जनप्रतिनिधिहरु होसियार अब तिमिहरुको सत्ता धेरै टिक्ने बाला छैनन्। किनभने जनता जागिसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर