LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सरोज यादव  र मोहम्मद जमालुद्दिन खान को पहलमा  दोहा कतारबाट  रसुवा बाढीपीडितलाई ११ लाखभन्दा बढी सहयोग

दोहा, कतार । रसुवामा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि कतारमा रहेका नेपालीहरूले ११ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।

दोहास्थित बलदिया ५२ क्याम्पमा बसोबास तथा कार्यरत नेपालीहरूले मोहम्मद जमालुद्दिन खान र सरोज यादवको पहल तथा समन्वयमा स्वेच्छिक रूपमा रकम संकलन गरी कुल २७ हजार कतारी रियाल अर्थात् नेपाली रुपैयाँ ११ लाख १३ हजार ३२७ सहयोग गरेका हुन् ।

संकलित सम्पूर्ण रकम नेपाल सरकारको राहत कोषमा पठाइएको जनाइएको छ ।

विपत्तिमा परेका नेपाली नागरिकको सहयोगका लागि आफूहरू विदेशमा रहे पनि मातृभूमिप्रतिको जिम्मेवारी र मानवीय भावनाले एकजुट भएर सहयोग संकलन गरिएको बलदिया ५२ क्याम्पका नेपालीहरूले बताएका छन् ।

अभियानमा क्याम्पमा रहेका नेपालीहरूले आफ्नो क्षमताअनुसार स्वेच्छिक योगदान गरेका थिए । उनीहरूले संकलित सहयोग रसुवाका बाढीपीडित परिवारको राहत तथा पुनःस्थापनामा उपयोग हुने विश्वास व्यक्त गरेका छन् ।

सहयोग अभियानमा सहभागी सम्पूर्ण नेपालीलाई आयोजकहरूले धन्यवाद व्यक्त गर्दै विपत्तिको समयमा विदेशमा रहेका नेपालीहरूबीचको एकता र मानवीय सहयोगको भावना निरन्तर कायम रहने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर