LIVE NEWS
१नयाँ भवनले बदलिँदै बहादुरगञ्जको विद्यालयको शैक्षिक वातावरण, चारकोठे भवनको नगर प्रमुख डा. महतोद्वारा उद्घाटन२धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो३कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा४​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​५बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह६भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी७एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो

कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा

जनकपुरधाम : नेपाली कांग्रेसको १५औँ नगर अधिवेशनअन्तर्गत धनुषाको कमला नगरपालिकाको नगर सभापति पदमा लक्ष्मेश्वर यादवले उम्मेदवारी घोषणा गरेका छन्।

 

असोज १० गते हुने नगर अधिवेशनका लागि कमला नगरपालिका–८ निवासी यादवले सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

 

उम्मेदवारी घोषणा गर्दै यादवले पार्टी संगठनलाई थप सुदृढ बनाउने, स्थानीय तहमा कांग्रेसको संगठन विस्तार गर्ने तथा कार्यकर्ताबीचको एकतालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्।

 

यादव नेपाली कांग्रेसका नेता स्वर्गीय अर्जुन यादवका माइला छोरा हुन्। पारिवारिक राजनीतिक पृष्ठभूमिका यादव लामो समयदेखि कांग्रेसको स्थानीय संगठनमा सक्रिय रहँदै आएको बताइएको छ।

 

उनले नगरभित्र पार्टीको संगठनलाई थप प्रभावकारी बनाउँदै युवा पुस्ताको सहभागिता बढाउने आफ्नो प्राथमिकता रहेको बताएका छन्। साथै, कार्यकर्ताको भावना र सुझावलाई समेटेर पार्टीलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

 

नगर अधिवेशन नजिकिँदै गर्दा कमला नगरपालिकामा सभापति पदका आकांक्षीहरूबीच प्रतिस्पर्धा बढ्ने देखिएको छ। अधिवेशनबाट नगर सभापतिसहित नयाँ नगर कार्यसमिति चयन हुनेछ।

 

यादवले आफ्नो उम्मेदवारीलाई संगठन सुदृढीकरण र कार्यकर्ताबीचको एकतालाई प्राथमिकता दिने अभियानका रूपमा प्रस्तुत गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर