LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी

जनकपुरधाम : मिथिला क्षेत्रमा विशेष धार्मिक तथा सांस्कृतिक महत्व बोकेको चौरचन पर्व भोलि मनाइँदैछ। पर्वका अवसरमा साँझ घरको आँगन लिपपोत गरी बनाइएको चोकमा फलफूल, नैवेद्य तथा चरवा राखेर चन्द्रमाको पूजा गर्ने परम्परा रहेको छ।

पूजामा पूरी, खिर, केरा लगायतका प्रसाद तथा विभिन्न फलफूल चन्द्रमालाई अर्पण गरिन्छ। परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै महिला तथा पुरुषहरू व्रत बस्ने चलनसमेत रहेको छ।

मिथिला संस्कृति र परम्परालाई जीवन्त राख्ने महत्वपूर्ण पर्वका रूपमा चौरचनलाई विशेष श्रद्धा र आस्थाका साथ मनाउने गरिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर