LIVE NEWS
सरोज यादव  र मोहम्मद जमालुद्दिन खान को पहलमा  दोहा कतारबाट  रसुवा बाढीपीडितलाई ११ लाखभन्दा बढी सहयोग२५ हजारको सामान बरामदपछि फिर्ता, प्रहरी चौकीका इन्चार्जमाथि आर्थिक लेनदेनको आरोपहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवराष्ट्रसंघको ८१औं महासभा सुरु : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डाभदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको मागकाठमाडौंमा ग्यासको हाहाकार : निजी उद्योगीले सिलिन्डर नपठाएको मन्त्री यादवको आरोप

सरोज यादव  र मोहम्मद जमालुद्दिन खान को पहलमा  दोहा कतारबाट  रसुवा बाढीपीडितलाई ११ लाखभन्दा बढी सहयोग

दोहा, कतार । रसुवामा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि कतारमा रहेका नेपालीहरूले ११ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।

दोहास्थित बलदिया ५२ क्याम्पमा बसोबास तथा कार्यरत नेपालीहरूले मोहम्मद जमालुद्दिन खान र सरोज यादवको पहल तथा समन्वयमा स्वेच्छिक रूपमा रकम संकलन गरी कुल २७ हजार कतारी रियाल अर्थात् नेपाली रुपैयाँ ११ लाख १३ हजार ३२७ सहयोग गरेका हुन् ।

संकलित सम्पूर्ण रकम नेपाल सरकारको राहत कोषमा पठाइएको जनाइएको छ ।

विपत्तिमा परेका नेपाली नागरिकको सहयोगका लागि आफूहरू विदेशमा रहे पनि मातृभूमिप्रतिको जिम्मेवारी र मानवीय भावनाले एकजुट भएर सहयोग संकलन गरिएको बलदिया ५२ क्याम्पका नेपालीहरूले बताएका छन् ।

अभियानमा क्याम्पमा रहेका नेपालीहरूले आफ्नो क्षमताअनुसार स्वेच्छिक योगदान गरेका थिए । उनीहरूले संकलित सहयोग रसुवाका बाढीपीडित परिवारको राहत तथा पुनःस्थापनामा उपयोग हुने विश्वास व्यक्त गरेका छन् ।

सहयोग अभियानमा सहभागी सम्पूर्ण नेपालीलाई आयोजकहरूले धन्यवाद व्यक्त गर्दै विपत्तिको समयमा विदेशमा रहेका नेपालीहरूबीचको एकता र मानवीय सहयोगको भावना निरन्तर कायम रहने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर