LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

हामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादव

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम सुप्रभात यादवले युवाहरूको सडक सङ्घर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पूरा भएको बताएका छन्।

बुधबार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद यादवले आन्दोलनका क्रममा आफ्ना साथीहरू शान्तिपूर्ण रूपमा सडकमा उत्रिँदा बन्दुकको निशानामा परेर ज्यान गुमाउनुपरेको बताए।

आफू पनि गत भदौ २३ गतेको आन्दोलनमा प्रत्यक्ष रूपमा सहभागी भएको उल्लेख गर्दै उनले आन्दोलनमा सहभागी हुने अनुमति दिनेदेखि सडकमा उत्रिनेसम्मको प्रक्रियामा आफू जोडिएको स्मरण गराए।

युवाहरू सुशासनका लागि सडकमा उत्रिँदा लाठी र गोली खानुपरेको भन्दै सांसद यादवले भने, “खासमा हामी सडकमा के माग्न गएका थियौँ, जसको बदलामा हामीले लाठी र गोली खानुपर्यो? हाम्रा साथीहरू सुशासनका लागि सडकमा उभिँदा बन्दुकको नालको निसानमा परेर ढले। हाम्रो माग सत्ता थिएन, न त हामी कसैको भाग खोस्न गएका थियौँ।”

उनले आन्दोलनकारीको मुख्य ध्येय सत्ता प्राप्ति नभएको र आफूहरू कसैको भाग खोस्न नभई मुलुकमा सुशासन कायम गर्नका लागि सडकमा ओर्लिएको स्पष्ट पारे।

प्रतिक्रिया
सम्बन्धित खवर