LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

जनकपुरमा प्रदेश सरकारको फुटपाथ खाली अभियान सुरु, व्यापारी असन्तुष्ट

जनकपुर, १६ चैत – जनकपुरको गंगासागर क्षेत्र वरिपरि वर्षौँदेखि अव्यवस्थित रहेको फुटपाथ र अवैध बजारलाई खाली गराउन प्रदेश सरकार सक्रिय बनेको छ। गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा, जेसिबी प्रयोग गरी अवैध संरचना हटाउने काम तीव्र रूपमा भइरहेको छ।

स्थानीयले यस कदमको स्वागत गरेका छन्। वर्षौँसम्म स्थानीय तहले व्यवस्थापन गर्न नसकेको अव्यवस्था अहिले प्रदेश सरकारले सिधा पहल थालेकोमा नागरिकहरूले प्रशंसा गरेका छन्। केही स्थानीयले यसलाई बालेन स्टाइल कार्यशैलीसँग तुलना गर्दै यसको प्रभावकारिता उच्च भएको बताएका छन्।

तर, सबै प्रतिक्रिया सकारात्मक भने छैन। प्रभावित व्यापारीहरूले गुनासो गरेका छन् कि उनीहरूले ठेकेदारलाई पैसा तिरे पनि कुनै आधिकारिक बिल पाएका छैनन्। यसले उनीहरूमा अनिश्चितता र असन्तोष सिर्जना गरेको छ। व्यापारीहरू प्रदेश सरकारसँग कानुनी तथा वित्तीय स्पष्टता माग गरिरहेका छन्।

यस अभियानले अवैध बजार व्यवस्थापन र सार्वजनिक स्थानको सुरक्षा दुवैतर्फ प्रभाव पार्ने आशा गरिएको छ। आगामी दिनमा प्रदेश सरकारले यस अभियानलाई कसरी विस्तार र प्रभावकारी बनाउने छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर