LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

उपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयार

काठमाडौं: पूर्वाधार विकास कार्यालय सप्तरी र सडक ढलान उपभोक्ता समितिबीच आज सम्झौता हुने भएको छ। उपभोक्ता समितिका पदाधिकारीहरूले कार्यालयमै पुगेर दबाब दिएपछि हिजो (सोमबार) साँझ दुवै पक्षबीच लिखित सहमति भएको हो। सम्झौतासँगै आजै उपभोक्ता समितिलाई कार्यादेश समेत दिइने जनाइएको छ।

 

सडक ढलान योजनाका लागि गठन गरिएको उक्त उपभोक्ता समिति गत जेठ ५ गते नै कार्यालयमा दर्ता भएको थियो। तर, कार्यालयले विभिन्न बहाना बनाउँदै १३ दिनसम्म सम्झौता प्रक्रिया अघि नबढाएको भन्दै समितिले असन्तुष्टि व्यक्त गरेको छ। सम्झौतामा ढिलाइ भएपछि आक्रोशित बनेका समितीले सोमबार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म कार्यालयमै बसेर दबाब दिएका थिए।

 

उपभोक्ता समितिका पदाधिकारीले कार्यालय प्रमुख र बिचौलियाबीचको साँठगाँठका कारण सम्झौता प्रक्रियामा अनावश्यक ढिलाइ गरिएको आरोप समेत लगाएका छन्। यस विषयमा प्रतिक्रिया लिन खोज्दा कार्यालय प्रमुखले प्रतिक्रिया दिन चाहेनन्।

 

हिजो साँझ भएको सहमति अनुसार आज बिहान ११ बजे सम्झौता प्रक्रिया पूरा गरी कार्यादेश दिइने उपभोक्ता समितिले जनाएको छ। कार्यादेश प्राप्त हुनासाथ सडक ढलानको निर्माण कार्य तत्काल सुरु गरिने समितिका अध्यक्षले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर