LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

उपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयार

काठमाडौं: पूर्वाधार विकास कार्यालय सप्तरी र सडक ढलान उपभोक्ता समितिबीच आज सम्झौता हुने भएको छ। उपभोक्ता समितिका पदाधिकारीहरूले कार्यालयमै पुगेर दबाब दिएपछि हिजो (सोमबार) साँझ दुवै पक्षबीच लिखित सहमति भएको हो। सम्झौतासँगै आजै उपभोक्ता समितिलाई कार्यादेश समेत दिइने जनाइएको छ।

 

सडक ढलान योजनाका लागि गठन गरिएको उक्त उपभोक्ता समिति गत जेठ ५ गते नै कार्यालयमा दर्ता भएको थियो। तर, कार्यालयले विभिन्न बहाना बनाउँदै १३ दिनसम्म सम्झौता प्रक्रिया अघि नबढाएको भन्दै समितिले असन्तुष्टि व्यक्त गरेको छ। सम्झौतामा ढिलाइ भएपछि आक्रोशित बनेका समितीले सोमबार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म कार्यालयमै बसेर दबाब दिएका थिए।

 

उपभोक्ता समितिका पदाधिकारीले कार्यालय प्रमुख र बिचौलियाबीचको साँठगाँठका कारण सम्झौता प्रक्रियामा अनावश्यक ढिलाइ गरिएको आरोप समेत लगाएका छन्। यस विषयमा प्रतिक्रिया लिन खोज्दा कार्यालय प्रमुखले प्रतिक्रिया दिन चाहेनन्।

 

हिजो साँझ भएको सहमति अनुसार आज बिहान ११ बजे सम्झौता प्रक्रिया पूरा गरी कार्यादेश दिइने उपभोक्ता समितिले जनाएको छ। कार्यादेश प्राप्त हुनासाथ सडक ढलानको निर्माण कार्य तत्काल सुरु गरिने समितिका अध्यक्षले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर