LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

ढल्केबरमा अनलाइन सञ्चारकर्मीका लागि दुई दिने समाचार लेखन तथा सम्पादन तालिम सुरु

जनकपुरधाम, २४ चैत ।आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा दर्ता भएका अनलाइन सञ्चारमाध्यमका सञ्चारकर्मीहरूका लागि दुई दिने समाचार लेखन तथा सम्पादन सम्बन्धी तालिम आजदेखि धनुषाको ढल्केबरमा  सुरु भएको छ।

कार्यक्रमको अध्यक्षता आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्काले गरेका थिए भने प्रमुख अतिथिका रूपमा मधेश प्रदेशका अर्थमन्त्री महेश यादव सहभागी रहेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण गुप्ता तथा मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादव अतिथिका रूपमा उपस्थित रहेका थिए।

मधेश प्रदेशका आठै जिल्लाबाट अनलाइन सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त तालिममा रा. स. स. निवर्तमान अध्यक्ष  तथा पत्रकार धर्मेन्द्र झाले समाचार लेखन सम्बन्धी प्रशिक्षण दिएका छन्।

तालिममार्फत पत्रकारहरूको समाचार लेखन तथा सम्पादन क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर