LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

ढल्केबरमा अनलाइन सञ्चारकर्मीका लागि दुई दिने समाचार लेखन तथा सम्पादन तालिम सुरु

जनकपुरधाम, २४ चैत ।आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा दर्ता भएका अनलाइन सञ्चारमाध्यमका सञ्चारकर्मीहरूका लागि दुई दिने समाचार लेखन तथा सम्पादन सम्बन्धी तालिम आजदेखि धनुषाको ढल्केबरमा  सुरु भएको छ।

कार्यक्रमको अध्यक्षता आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्काले गरेका थिए भने प्रमुख अतिथिका रूपमा मधेश प्रदेशका अर्थमन्त्री महेश यादव सहभागी रहेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण गुप्ता तथा मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादव अतिथिका रूपमा उपस्थित रहेका थिए।

मधेश प्रदेशका आठै जिल्लाबाट अनलाइन सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त तालिममा रा. स. स. निवर्तमान अध्यक्ष  तथा पत्रकार धर्मेन्द्र झाले समाचार लेखन सम्बन्धी प्रशिक्षण दिएका छन्।

तालिममार्फत पत्रकारहरूको समाचार लेखन तथा सम्पादन क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर