LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

सर्लाहीका पत्रकार बख्तियार अली “एभिन्युज प्रादेशिक उत्कृष्ट सम्मान

मनोज यादव–
सर्लाही,असाढ ३२
सर्लाहीका पत्रकार बख्तियार अली”एभिन्युज प्रादेशिक उत्कृष्ट सम्मान २०७९” पुरस्कारबाट सम्मानित भएका छन ।पत्रकार अलीलाई एभिन्युज खबरको १५ औं वार्षिकोत्सवको अवसर पारेर वर्ष २०७९ को खवर प्रशारणतर्फ नेपालको सातवटै प्रदेशहरु मध्ये मधेश प्रदेशबाट उत्कृष्ट खवर सम्वाददाताको रुपमा काम गरे वापत उक्त पुरस्कारबाट सम्मानित गरिएको हो।
पत्रकार अली कोरोना कालको समयमा आम नागरिकहरुको समस्याको बारेमा लगातार रुपमा समाचारहरु सम्प्रेषण गरि सरकारलाई घचघच्याउँदै आएका थिए।यस बाहेक पनि उहाँले समय समयमा मधेशका जल्दाबल्दा समस्याहरुलाई प्राथमिकतामा राखेर समय अनुकुल समाचारहरु सम्प्रेषण गर्दै आएका छन्।सर्वसाधारण जनताहरुको समस्यालाई समाचार लेखनको माध्यमबाट समाधान गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै पत्रकार अलीलाई उक्त पुरस्कारबाट सम्मान गरिएको एभिन्युज खवर टेलिभिजनले जनाएको छ।
पत्रकार अली नेपाल पत्रकार महासंघ सर्लाही शाखाका पुर्व उपाध्यक्ष,रिपोर्टस क्लब नेपाल मधेश प्रदेश अध्यक्षको साथै सर्लाहीको सदरमुकाम मलंगवाबाट नियमित रुपमा प्रकाशित हुदै आइरहेको राष्ट्रिय लोकतन्त्र दैनिक पत्रिकाको प्रबन्ध निर्देशक समेत हुनुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर