LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

लजको  कोठामा गोप्य क्यामेरा राखेर अश्लिल भिडियो खिचेको आरोपमा होटल म्यानेजर पक्राउ

कार्तिक ४गते । लजको  कोठामा गोप्य क्यामेरा राखेर भिडियो खिचेको आरोपमा प्रहरीले काठमाडौंमा एक जना होटल म्यानेजरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजर चन्द्रागिरि घर भएका ४२ वर्षका मुकेश माली रहेका प्रहरीले जनाएको छ ।

उनले लजमा बस्न आउने पाहुनाहरुको गोप्य रुपमा अश्लिल भिडियो रेकर्ड गर्ने गरेको भन्ने सूचना प्राप्त हुन आएपछि प्रहरी वृत्त महाराजगञ्जबाट टोली खटिएको थियो ।

त्यो टोलीले होटलमा पुगेर पालको मोबाइल जाँच गर्दा मोबाइलमा होटलमा बसेका विभिन्न व्यक्तिहरुको भिडियो फेला पारेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथमा रहेको आइफोन १२ प्रो म्याक्स पनि बरामद गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर