LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

संविधान दिवसको अवसरमा अन्तर्कृया कार्यक्रम सम्पन्न

अर्चना परियार,/असोज ३                                    संविधान दिवसको अवसरमा दलित सरोकार मंच नेपाल सप्तरीको आयोजनामा दलित समुदायको संबैधानिक अधिकार कार्यान्वयनको अवस्था र आगामी कार्यदिशा बिषयक अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा दलित सरोकार मञ्च सप्तरीका संस्थापक सदस्य तथा पुर्व कार्यकारी निर्देशक भोला पासपानले संविधानमा उल्लेखित दलितका हक अधिकारको बारेमा सहाभागीहरुलाइ जानकारि गराउँदै दलित समुदायमाथि भएका अन्यायको सम्बन्धमा अवाज उठाउन पनि दलित समुदायको लागि दलित अधिकारका लागि संवैधानिक र कानूनी ज्ञान आवश्यक रहेको बताएका छन ।
“२०७२ सालमा संविधानसभाबाट संविधान जारी भएको आज ७ वर्ष पूरा भएको छ । नेपालको संविधानले वर्गीय, जातिय, क्षेत्रीय, भाषिक, सामाजिक, धार्मिक, लैङ्िगक जस्ता सबै प्रकारका भेदभाव र छुवाछूतको अन्त्य गरि समानुपातिक, समावेशी र समतामूलक समाज र देश निर्माणको अभिप्राय बोकेको भएपनि कार्यन्वयन भने भएको छैन ” पसवानले भने
नेपालको संविधानका विभिन्न धारा, उपधाराहरुमा दलित तथा महिलाको हकलाइ मौलिक हकको रुपमा समावेश गरिए पनि निमुखाहरुले आजसम्म पनि आफ्नो हक र अधिकार उपभोग गर्न नपाउनु भनेको दुखदपुर्ण कुरा रहेको समेत बताएका छन ।o
संविधानमा उल्लेख भएका ऐन कानुन सबैका लागि बराबर भएकाले सबैले संविधानमा भएका हक अधिकार कार्यन्वयन गर्न अब राज्यका निकायलाई लाई आफैंले दबाब दिनुपर्ने समेत बताएका छन ।
संविधानले दलित समुदायलाई दिएको अधिकार कार्यान्वयन गर्न राज्यका अंगहरूलाई एकजुट भएर अवाज उठाउनुपर्ने कार्यक्रममा उपस्थित सहभागीहरुले जोड दिएका छन् ।
दलित सरोकार मञ्चको सभहलमा भएको उक्त कार्यक्रम कंचनपुरका ३० जना भन्दाबढी दलित अगुवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर