LIVE NEWS
सत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्नमधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघद्वारा संचालित दलित छात्रवृत्ति कार्यक्रम उपलब्धिमुलक

मनोज यादव सर्लाही,भदौ १
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीद्वारा जिल्लाको मलंगवा, गोडैता,कबिलासी नगरपालिका र ब्रह्मपुरी गाउँपालिकामा संचालित दलित छात्रवृत्ति कार्यक्रमको अनुगमन गरिएको छ।
दलित बालबालिका,किशोर,किशोरी तथा युवाहरूको शैक्षिक स्तरमा सुधार ल्याउन संघले संचालन गरेको छात्रवृत्ति कार्यक्रमबाट प्राप्त उपलब्धिहरुको विषयमा जानकारी लिन कार्यक्रम संचालन भएका स्थानहरुमा पुगेर अनुगमन गरिएको संघका अध्यक्ष राजेश पासवानले बताएको छ ।
संघका जिल्ला अध्यक्ष पासवान ,शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधि अनिल साह ,जिल्ला समन्वय समितिका प्रतिनिधि मुकेश यादव,ओरेक नेपालकी कार्यक्रम संयोजक देवकुमारी महरा,दलित अधिकारकर्मी राम नरेश मण्डल,पत्रकार सुनिल राय लगायत स्थानीय समाजसेवी ,बुद्धिजीवी तथा स्थानीय जनप्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले नियमितरुपमा छात्रवृत्ति पाईरहेका विधार्थीहरु र तिनका अभिभावकहरुसंग प्रत्यक्ष रूपमा भेटघाट गरि संघद्वारा संचालित कार्यक्रम र त्यसबाट प्राप्त उपलब्धिहरुको विषयमा छलफल गरिएको कार्यक्रम
अनुगमनकाे क्रममा छात्रवृत्ति पाइरहेका विद्यार्थीहरुसँग छात्रवृत्तिको सदुपयोगिताको बारे सोधपुछ गरि उनीहरूको शैक्षिक अवस्था बारे मौखिक रुपमा जाँच गरिएको थियो।
नेपालमा दलित तथा गरिब बालबालिकाहरुको शिक्षामा पहुँच बढाउने उदेश्यले नेपाल राष्ट्रिय दलित सामाज कल्याण संघले Save the children सँगको साझेदारीमा सर्लाही जिल्लामा सन २०१३ अप्रिल देखि नेपाल छात्रवृत्ति कार्यक्रम संचालन गर्दै आएको छ। जसमध्ये सर्लाही जिल्ला भरीका सयौं विधार्थीहरु छात्रवृत्ति बापत पाएको रकमबाट पढेर विभिन्न निकाय तथा ओहोदामा जागिर समेत गरिरहेको संघका कार्यक्रम संयोजक गोविन्द पासवानले जानकारी दिए। अहिले सयजना दलित छात्र छात्राहरुलाई लक्षित गरि छात्रवृत्ति दिइएको छ । छात्रवृत्ति रकमबाट गरिब तथा दलित समुदायका छात्र छात्राहरूलाई पढाइमा सहज भएको गोडैताका एक स्थानीय समाजसेवीले बताए । उनिहरुले पाउने छात्रवृत्ति रकमबाट किताब,काँपी,कलम,पोषाक खरिद तथा टियुसन,विद्यालय र क्याम्पस शुल्क बुझाउने गरेका छ्न ।
कक्षा १ देखि कक्षा १० सम्मको विद्यार्थीहरुलाई मासिक ५ सयको दरले छात्रवृत्ति रकम दिइने गरिएको छ।यस्तै प्रवीणता प्रमाणपत्र तहका विद्यार्थीहरुलाई मासिक १२ सयका दरले र स्नातक तहका विद्यार्थीहरुलाई पढ्नेलाई मासिक २ हजार र स्नातकोत्तरलाई मासिक २ हजर ५ सयको दरले छात्रवृत्ति बापत रकम उनीहरूकै बैंक खाता मार्फत भुक्तानी गर्दै आएको कार्यक्रम संयोजक पासवानले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर