जनकपुरधाम – असार २३ गते ।
धनुषा जिल्लाको चारनाथ नगरपालिका वडा नम्बर ७ स्थित गोदार बजारको हाइवेमा अधिकारीक बिक्री केन्द्र चर्चित बजाज ब्रान्डका मोटरसाइकलको अत्याधुनिक स्तरको शोरुम अन- उपचारीक रूपमा उद्घाटन भएको छ । पुर्व – पक्षिम राजमार्ग अन्तर्गत गोदारमा अधिकारीक बिक्री केन्द्र माँ दुर्गा अटोमोबाईल अधिकारीक सर्भिस पार्टसको सोरुम संचालनमा आएका छन् ।
बजाज ब्रान्डको कम्पनी माँ दुर्गा अटोमोबाईल अधिकारीक सर्भिस पार्टसले संरचना परिवर्तन गरेर भव्य तथा अत्याधुनिक सुविधा सम्पन्न शोरुम सोमबार आज उद्घाटन गरिएको हो ।
शोरुमबाट मोटरसाइकल बिक्री गर्ने मात्र नभई मर्मत सम्भार र स्पेयर पार्टसको सुविधा समेत प्रदान गरिने छ ।
बजाजको अधिकारीक शोरुम गोदारमा आएपछि यस भेगका सर्वसाधारणलाई अन्य ठाउँमा जाने बाध्यता समाप्त भएको छ । साथै यस शोरुममा बजाजका मोटरसाइकका सबै प्रकारका मोडेलका सामाग्री उपलब्ध समेत रहेको छ ।
माँ दुर्गा अटोमोबाईल अधिकारीक सर्भिस पार्टसको संचालक विनय कुमार यादवका अनुसार, नेपालको सर्वधिक लोकप्रिय एक नम्बर ब्रान्ड बजाजको नेपालमा सबैभन्दा बढी बिश्वासिलो र लोकप्रिय कम्पनी भएका कारण बजाज कम्पनी सधैंभरि ग्राहकहरुको आवश्यकता प्रति सजगर हुदै आएको छ । साथै एक स्थापित ब्रान्डको हैसियतले बजाज आफ्नो ग्राहक वर्गर शुभचिन्तकहरु प्रति सदैव निष्ठावात्रप्रतिवध्द रहदै आएको उनले भने ।
साथै, प्रत्येक मोटसाइकलको खरिदमा एउटा मिक्चर मसिन फ्री,
५० •\° डाउनपेमेन्टमा, ०/, बयाजदरमा फाइनान्सको सुबिधा र साटासाटको सुबिधा समेत सो सोरुम्ले दिएको छ ।