LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

फतुवा विजयपुरमा अनुदानको कृषि मलमा लापारवाही,मान्छे हेरीहेरी वितरण गरेको गुणासो

दिपु पुजारी
रौतहट,२२ असार २०७९
रौतहटको फतुवाविजयपुर नगरपालिका ८ विजयपुरका व्यापारीले एउटा सहकारीको नाममा ल्याएको कृषि मलमा चरम लापारवाही गरेका छन् । कल्पना सहकारी संस्थाले अनुदानको कृषि मल मनोमानी तरिकाले विक्रि वितरण गरेको पाइएको छ । बिहान देखि युरिया मल १ हजार ४० मा बिक्रि गरिरहेको सो सहकारीले किसानहरुको विरोध पछि स्थानिय प्रशासनको पहलमा १ हजार २० मा बिक्री गर्न सुरु गरेको स्थानियहरुले बताएका छन् । सहकारीको सञ्चालकको मनपर्दी पछि किसानहरु आक्रोशित बनेका थिए । मान्छे हेरीहेरी मल वितरण गरेको स्थानियहरुले आरोप लगाएका छन् ।
सो कृषि सहकारी संस्थाको नाममा ल्याइएको ३ सय बोरा मल किसानलाई बिक्री गरेको सहकारीका सञ्चालकले स्वीकार गरेका हुन् । तर आफूहरुले मल नपाइ रितै हात फर्किएको फतुवा बिजयपुर नगरपालिका वाड न ६ पेटभर्वाको स्थानिय किसान जलन्धर प्रसाद यादवले गुणासो गरेका छन् ।
उपभोक्ताहरुले सहकारीले प्रक्रिया बिपरीत मल बेचेको आरोप लगाएका छन् ।
सहकारीले बर्षेनी यसरी नै पक्षपात गर्छ । हामी अन्यायमा परेका छौं ।’ स्थानियले भनेका छन् ।
इलाका प्रहरी कार्यालय फतुवा विजयपुरका इन्सपेक्टर सुरेन्द्र धमला सँग सोध्दा सहकारीले स्टक राखेको सम्पूर्ण मल वितरण गर्न लगाएको र अर्को लौटमा आएपछि बाँकि किसानलाइ वितरण गर्ने सहकारी संस्थाका सञ्चालकको भनाइ रहेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर