LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

प्रहरीले एमालेका स्थानीय कार्यकर्ता सुरेश यादवको घरबाट साडी बरामद

काठमाडौं –पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ बाट प्रहरीले एक बोरा (७३ पिस) साडी बरामद गरेको छ । बरामद गरिएको साडी नेकपा एमालेको उम्मेदवारले बाँड्न राखेको आरोप कांग्रेसले लगाएको छ ।  प्रहरीले एमालेका स्थानीय कार्यकर्ता सुरेश यादवको घरबाट साडी बरामद गरेको हो । २७ गते रातिबाट मौन अवधि सुरु हुने भएकाले त्यसअघि नै जिन्सी सामानको जोहो गरेर राखेको र एक–एक गरेर बाँड्ने तयारी भएको कांग्रेस कार्यकर्ताको आरोप छ ।                                                                                     जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी प्रेमबहादुर शाहीका अनुसार साडी बरामद गरिएको र साडी के प्रयोजनका लागि ल्याएको भन्नेबारे अनुसन्धान भइरहेको बताए । ‘चुनावको समयमा स्थानीय एक व्यक्तिको घरबाट साडी बरामद भएको छ । चुनावमा बाँड्न ल्याएको हो वा अन्य के प्रयोजन भन्नेबारे बुझ्दैछौँ ।’  सुनवल नगरपालिकामा मेयरकी एमाले उम्मेदवार विमला अर्यालले भने यसलाई अस्वीकार गरेकी छन् । उम्मेदवारले सुकुम्बासी बस्ती तथा विपन्न परिवारको बाक्लो बस्ती भएको स्थानमा मतदातालाई आकर्षित गर्न जिन्सी सामान बाँड्ने तथा विभिन्न प्रलोभन देखाउने गरेका छन् ।   (कान्तिपुरमा अनलाइनमा छापिएको छ

प्रतिक्रिया
सम्बन्धित खवर