LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

प्रिमियर लिग : लिभरपुल र टोटनह्याम तथा चेल्सी र उल्भ्सको बराबरी

टुडेवाणी,०७९ बैशाख २५- इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटनह्यामले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा लिभरपुल र टोटनह्यामले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन्।

खेलको दोस्रो हाफमा सनहङ्ग मीनको गोलबाट टोटनह्यामले अग्रता बनाएको थियो । तर ७४औँ मिनेटमा लिभरपुलका लुइस दियाजले बराबरी गोल गरे । बराबरीसँगै लिभरपुलको ३५ खेलमा ८३ अङ्क भएको छ । लिभरपुल शीर्ष स्थानमा छ ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३४ खेलमा ८३ अङ्क छ । लिभरपुलसँग पराजित टोटनह्यामको ३५ खेलमा ६२ अङ्क छ । टोटनह्याम पाँचौँ स्थानमा छ ।

यस्तै, इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र उल्भ्सले बराबरी खेलेका छन् । गएराति भएको खेलमा चेल्सी र उल्भ्सले दुई/दुई गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । दोस्रो हाफको अतिरिक्त समयको पनि अन्तिम मिनेटमा उल्भ्सले गोल थपेपछि चेल्सीले २ अङ्क गुमायो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भए । खेलको ५६ औँ मिनेटमा रोमेलु लुकाकुले पेनाल्टी गोलबाट चेल्सीलाई अग्रता दिलाएका थिए । ५८औँ मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरे । तर खेलको ७९औँ मिनेटमा फ्रान्सिको ट्रिनाकोले एक गोल फर्काए ।

अतिरिक्त समयमा उल्भ्सका कोनर कोडीले गोल गरेपछि खेल बराबरी भएकाे थियाे । तेस्रो स्थानमा रहेको चेल्सीको ३५ खेलबाट ६७ अङ्क छ । समान खेलमा उल्भ्स ५० अङ्ककासाथ आठौँ स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर