LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

प्रिमियर लिग : लिभरपुल र टोटनह्याम तथा चेल्सी र उल्भ्सको बराबरी

टुडेवाणी,०७९ बैशाख २५- इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटनह्यामले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा लिभरपुल र टोटनह्यामले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन्।

खेलको दोस्रो हाफमा सनहङ्ग मीनको गोलबाट टोटनह्यामले अग्रता बनाएको थियो । तर ७४औँ मिनेटमा लिभरपुलका लुइस दियाजले बराबरी गोल गरे । बराबरीसँगै लिभरपुलको ३५ खेलमा ८३ अङ्क भएको छ । लिभरपुल शीर्ष स्थानमा छ ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३४ खेलमा ८३ अङ्क छ । लिभरपुलसँग पराजित टोटनह्यामको ३५ खेलमा ६२ अङ्क छ । टोटनह्याम पाँचौँ स्थानमा छ ।

यस्तै, इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र उल्भ्सले बराबरी खेलेका छन् । गएराति भएको खेलमा चेल्सी र उल्भ्सले दुई/दुई गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । दोस्रो हाफको अतिरिक्त समयको पनि अन्तिम मिनेटमा उल्भ्सले गोल थपेपछि चेल्सीले २ अङ्क गुमायो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भए । खेलको ५६ औँ मिनेटमा रोमेलु लुकाकुले पेनाल्टी गोलबाट चेल्सीलाई अग्रता दिलाएका थिए । ५८औँ मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरे । तर खेलको ७९औँ मिनेटमा फ्रान्सिको ट्रिनाकोले एक गोल फर्काए ।

अतिरिक्त समयमा उल्भ्सका कोनर कोडीले गोल गरेपछि खेल बराबरी भएकाे थियाे । तेस्रो स्थानमा रहेको चेल्सीको ३५ खेलबाट ६७ अङ्क छ । समान खेलमा उल्भ्स ५० अङ्ककासाथ आठौँ स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर