LIVE NEWS
बाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षारसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन गर्न काठमाडौं प्रशासनको अग्रहमाटोमुनिबाट रोएको आवाज सुनेपछि ६ वर्षीया बालिकाको उद्धारशवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

मुस्लिम महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन कार्यक्रम सप्पन्न

असोज ०९,जनकपुरधाम। नेपाल मुस्लिम महिला कल्याण समाजद्वारा मधेश प्रदेशमा महिला विरुद्ध हुने भेदभाव उन्मुलन समितिको प्रदेशस्तरीय परामर्श कार्यक्रम सप्पन्न भएको छ ।

उक्त कार्यक्रम महिला कोष एशियाको आर्थिक सहयोगमा गरिएको छ। कार्यक्रममा मधेश प्रदेशको आठौं जिल्लाबाट मुस्लिम महिलाहरूको सहभागिता रहेको थियो । जसमा मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जैसवालले कार्यक्रमको उद्घाटन गरेका थिए।

उक्त कार्यक्रममा मुस्लिम महिलाको हतिमा विभिन्न शिर्षकमा छलफल गरिएको थियो । जस अन्तर्गत महिलाको योगदान अभिबृद्धि गर्ने,शिक्षामा पहुँच , महिलाको संख्यात्मक मात्र होइन गुणात्मक सहभागिता हुनु पर्दछ तथा संघीय शासन प्रणालीमा स्रोतको महिलाका लागि पनि न्यायोचित बाँडफाँड हुनु पर्ने लगायतका शिर्षकमा छलफल गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जैसवालले विषेश गरि मुस्लिम महिलाहरु सामाजिक,आर्थिक, राजनीतिक तथा शैक्षिक स्तरमामा पछाडी परेका हुन । निति,नियम भएपनि धार्मिक परम्पराले कार्यव्यन हुन सकिरहेको छैन । हाम्रो मधेश सरकार यस्तो विषयमा सम्वेदनशिल रहेको र प्रदेश सरकारले गर्न सक्ने सम्पुर्ण काम गर्न हामी सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल जस्तो बहुधार्मिक, बहुजातीय तथा बहुसांस्कृतिक परिवेश भएको मुलुकमा मुस्लिम महिलाहरु पछाडी पर्नु दुर्भाग्यको कुरा हो । मुस्लिम महिला र दलित महिला सबल नभएको देशलाई कसरी सबल भन्न सकिन्छ ? राज्यको समयमा ध्यानाकर्षण नहुँदा,मुस्लिम महिला पछाडी परेको र कहिँ कतै आफ्नै परम्पराले पनि पिछडिएको छ । तर, अब हामीलाई संविधानले रोकेको छैन हामीले अगाडि बढ्नुपर्छ,नेपाल मुस्लिम महिला कल्याण समाजका अध्यक्ष सिमा खानले बताइन्।

सामाजिक अभियन्ता तथा मुस्लिम महिला अधिकारकर्मी नज्मुल खातुनले पनि कार्यक्रमको उद्घोस गर्दै अब मुस्लिम छोरीहरुले पनि ससक्त बन्दै आगाडी बढ्नुको बिकल्प नरहेको यस सभा कक्षमा दूरदराजबाट आएका मुस्लिम छोरीहरुको सहभागिता दर्साउछ।

कार्यक्रम नेपाल मुस्लिम महिला कल्याण समाजका अध्यक्ष सिमा खान, प्रमुख अतिथि मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जैसवाल,प्रदेश सांसद माननीय अन्जना पण्डित, मधेश चलचित्र बोर्डका सदस्य पुष्पा यादव तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर