LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या एवं खानेपानी मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्र सुधारमा जनशक्तिलाई प्राथमिकता दिनुपर्ने बताएकी छन्।

चैत्र १३ :शुक्रबार मन्त्रालयमा आयोजित पदबहाली तथा स्वागत कार्यक्रममा बोल्दै मन्त्री मेहताले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई पर्याप्त हौसला नदिँदा धेरै दक्ष जनशक्ति विदेशिन बाध्य भएको उल्लेख गरिन्। उनले ती जनशक्तिलाई स्वदेशमै बसेर काम गर्न सक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताइन्।

 

मन्त्री मेहताका अनुसार सरकारको प्राथमिकता जनता र स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई सन्तुष्ट बनाउनेतर्फ रहनेछ। उनले जनशक्तिलाई सन्तुष्ट बनाउन सके मात्र अपेक्षित परिणाम प्राप्त हुने र नागरिकले भरपर्दो स्वास्थ्य सेवा पाउने धारणा व्यक्त गरिन्।

 

साथै उनले चिकित्सक तथा नर्सहरूले आफ्नो क्षमता अनुसार अवसर नपाइरहेको उल्लेख गर्दै यस्ता समस्या समाधान गरेर स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।

प्रतिक्रिया
सम्बन्धित खवर