LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या एवं खानेपानी मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्र सुधारमा जनशक्तिलाई प्राथमिकता दिनुपर्ने बताएकी छन्।

चैत्र १३ :शुक्रबार मन्त्रालयमा आयोजित पदबहाली तथा स्वागत कार्यक्रममा बोल्दै मन्त्री मेहताले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई पर्याप्त हौसला नदिँदा धेरै दक्ष जनशक्ति विदेशिन बाध्य भएको उल्लेख गरिन्। उनले ती जनशक्तिलाई स्वदेशमै बसेर काम गर्न सक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताइन्।

 

मन्त्री मेहताका अनुसार सरकारको प्राथमिकता जनता र स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई सन्तुष्ट बनाउनेतर्फ रहनेछ। उनले जनशक्तिलाई सन्तुष्ट बनाउन सके मात्र अपेक्षित परिणाम प्राप्त हुने र नागरिकले भरपर्दो स्वास्थ्य सेवा पाउने धारणा व्यक्त गरिन्।

 

साथै उनले चिकित्सक तथा नर्सहरूले आफ्नो क्षमता अनुसार अवसर नपाइरहेको उल्लेख गर्दै यस्ता समस्या समाधान गरेर स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।

प्रतिक्रिया
सम्बन्धित खवर