LIVE NEWS
गोरखामा ईभी गाडी दुर्घटना : ७ भारतीयको मृत्यु, ८ घाइतेखार्ग टापुमा अमेरिकी बमबारी, सबै सैन्य लक्ष्य नष्ट भएको ट्रम्पको दाबीमहन्थ ठाकुर, राजेन्द्र महतो र सीके राउतद्वारा बालेनको नेतृत्वप्रति समर्थनजनकपुरधाममा छाडा गाईबस्तुका कारण ट्राफिक अस्तव्यस्त, दुर्घटनाको जोखिम बढ्दोनेपालको नयाँ राजनीतिक समीकरणमा मोदीको चासो, रवि र बालेन्द्रसँग टेलिफोन कुराकानीराजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भीषण आगलागीट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर मृत्यु

तराई–मधेस समृद्धि कार्यक्रम अन्तर्गत ६५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको दुध संकलन भवनको उद्घाटन सम्पन्न ।

सर्लाही सम्बादाता,असार ५,सर्लाही : सर्लाहीको बरहथवा नगरपालिका वडा नं. १५ पिप्राभित्तामा दुग्ध संकलन भवन निर्माण गरिएको छ ।

तराई–मधेस समृद्धि कार्यक्रम अन्तर्गत ६५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त दुध संकलन भवनको शुक्रबार संविधान सभाका सदस्य हरि उप्रेतीले उद्घाटन गरेका हुन् ।स्थानीय किसानहरुले दुध ल्याएर बिक्री गर्ने श्री भुवनेश्वरी दुग्ध उत्पादक सहकारी संस्थाले एउटा हलसहितको ७ कोठे दुग्ध संकलन भवन निर्माण गरेको छ्।

दुग्ध संकलन भवन निर्माण भएपछि स्थानीय पशुपालक किसान खुसी भएका छन् । नवनिर्मित भवनको स्थानीय किसानहरुको समेत उपस्थितिमा संस्थाका अध्यक्ष गोविन्द प्रसाद उप्रेतीको अध्यक्षतामा उद्घाटन गरिएको हो ।

किसानले सो संस्थामा ल्याएर बिक्री गर्ने दुध संस्थाले दुध डेरीहरुलाई बिक्री गर्दै आइरहेको छ । संस्थालाई किसानले सिजनमा ४ हजार लिटर र अफसिजनमा २ हजार लिटर दुध बिक्री गर्दै आइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर