LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

खार्ग टापुमा अमेरिकी बमबारी, सबै सैन्य लक्ष्य नष्ट भएको ट्रम्पको दाबी

फालगुण ३० :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग टापुमा रहेका सैन्य लक्ष्यहरू अमेरिकी बमबारीबाट पूर्ण रूपमा नष्ट भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत आफ्नो निर्देशनमा अमेरिकी सेन्ट्रल कमाण्डले मध्यपूर्वको इतिहासकै शक्तिशाली बमबारी सञ्चालन गरेको उल्लेख गरेका छन्।

 

ट्रम्पका अनुसार उक्त कारबाहीमा इरानको ‘क्राउन ज्वेल’ मानिने खार्ग टापुमा रहेका सबै सैन्य लक्ष्यहरू ध्वस्त पारिएको छ। यद्यपि, टापुमा रहेको तेल पूर्वाधार नष्ट नगर्ने निर्णय आफूले गरेको उनले बताएका छन्।

 

तर, यदि इरान वा अन्य कसैले हर्मुज स्ट्रेटमार्फत जहाजहरूको स्वतन्त्र र सुरक्षित आवागमनमा अवरोध पुर्‍याउने प्रयास गरे उक्त निर्णय तत्काल पुनर्विचार गरिने चेतावनी ट्रम्पले दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर