LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

खार्ग टापुमा अमेरिकी बमबारी, सबै सैन्य लक्ष्य नष्ट भएको ट्रम्पको दाबी

फालगुण ३० :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग टापुमा रहेका सैन्य लक्ष्यहरू अमेरिकी बमबारीबाट पूर्ण रूपमा नष्ट भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत आफ्नो निर्देशनमा अमेरिकी सेन्ट्रल कमाण्डले मध्यपूर्वको इतिहासकै शक्तिशाली बमबारी सञ्चालन गरेको उल्लेख गरेका छन्।

 

ट्रम्पका अनुसार उक्त कारबाहीमा इरानको ‘क्राउन ज्वेल’ मानिने खार्ग टापुमा रहेका सबै सैन्य लक्ष्यहरू ध्वस्त पारिएको छ। यद्यपि, टापुमा रहेको तेल पूर्वाधार नष्ट नगर्ने निर्णय आफूले गरेको उनले बताएका छन्।

 

तर, यदि इरान वा अन्य कसैले हर्मुज स्ट्रेटमार्फत जहाजहरूको स्वतन्त्र र सुरक्षित आवागमनमा अवरोध पुर्‍याउने प्रयास गरे उक्त निर्णय तत्काल पुनर्विचार गरिने चेतावनी ट्रम्पले दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर