LIVE NEWS
बाल अधिकार र नेतृत्व विकासका लागि रतौली युवा क्लबको अर्को कदम, जिल्ला बाल क्लब सञ्जाल गठनसत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्न

राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भीषण आगलागी

सप्तरी, राजविराज — सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल मा भीषण आगलागी भएको छ। प्रारम्भिक जानकारी अनुसार अस्पताल परिसरमा लागेको आगलागी वायर सर्टका कारण भएको हुन सक्ने अनुमान गरिएको छ।

घटनापछि आगो नियन्त्रणमा लिनका लागि नेपाली सेना, प्रहरी, दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ। आगलागीका कारण अस्पताल परिसरमा त्रासको वातावरण बनेको छ।

हालसम्म मानवीय क्षतिको आधिकारिक विवरण सार्वजनिक भएको छैन। आगलागी कसरी सुरु भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर