LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरीको मटिहानी प्रवेश गर्दै

महोत्तरी फाल्गुन ६— १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरीको मटिहानी प्रवेश गर्दैछ। साधु–सन्त तथा गृहस्थ परिवारजनको धार्मिक आस्थासँग जोडिएको यस परिक्रमाको स्वागतका लागि मटिहानी नगरपालिका पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ।

नगरप्रमुख हरि प्रसाद मण्डलले माध्यमिकी परिक्रमा मिथिला सभ्यता, धार्मिक सहिष्णुता र सामाजिक एकताको जीवन्त प्रतीक भएको उल्लेख गर्दै परिक्रमावासीको सहजताका लागि सबै आवश्यक व्यवस्था मिलाइएको बताए।

उनले भने, “माध्यमिकी परिक्रमा केवल धार्मिक यात्रा मात्र होइन, यो मिथिलाको इतिहास, संस्कृति र पहिचानसँग गाँसिएको अमूल्य धरोहर हो। साधु–सन्त र गृहस्थलाई एउटै लस्करमा बाँधेर अघि बढ्ने यस यात्राले आपसी सद्भाव र सामाजिक एकताको सन्देश दिन्छ।”नगरप्रमुख मण्डलका अनुसार स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ, विद्युत्, शौचालय तथा सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखेर काम गरिएको छ। “परिक्रमावासीलाई कुनै किसिमको असुविधा नहोस् भन्ने हाम्रो उद्देश्य हो।

मटिहानीमा प्रवेशदेखि यहाँ विश्राम गर्ने अवधिसम्म सुरक्षित र भक्तिमय वातावरण उपलब्ध गराउन नगरपालिका, सुरक्षा निकाय र स्थानीयवासी समन्वयमा जुटेका छौं,” उनले भने।

राम–सीताको विवाह संस्कारसँग जोडिएको मटिहानी भूमि माध्यमिकी परिक्रमाको ऐतिहासिक केन्द्रमध्ये एक भएको उल्लेख गर्दै उनले थपे,“प्रारम्भकालदेखि नै परिक्रमा स्वागत गर्ने सौभाग्य मटिहानीवासीलाई प्राप्त हुँदै आएको छ, जुन हाम्रो लागि गौरवको विषय हो।

”परिक्रमाको स्वागत तथा सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली मटिहानी पुग्ने जनाइएको छ। यस्तै, परिक्रमा मार्गमा पर्ने जलेश्वर, मडई, ध्रुवकुण्ड र कञ्चनवन मा पनि स्वागत तथा व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको छ।

झाँकी, भजन–कीर्तन र बाजागाजासहित साधु–सन्त तथा गृहस्थको एकैसाथ लामो लस्करका रूपमा अघि बढ्ने माध्यमिकी परिक्रमा करिब १५० देखि १७० वर्ष पुरानो इतिहास बोकेको विश्वकै लामो पदमार्गीय धार्मिक यात्रामध्ये एक मानिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर