LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

नेपालको नयाँ राजनीतिक समीकरणमा मोदीको चासो, रवि र बालेन्द्रसँग टेलिफोन कुराकानी

जनकपुरधाम, फाल्गुन २५ : रतीय प्रधानमन्त्री Narendra Modi ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति Rabi Lamichhane र वरिष्ठ नेता Balen Shah सँग टेलिफोनमार्फत कुराकानी गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा उनले हालैको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको उल्लेखनीय सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएका छन्।

मोदीले नयाँ सरकारलाई शुभकामना व्यक्त गर्दै नेपाल र India बीच आपसी समृद्धि, प्रगति र जनहितका क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउने भारतको प्रतिबद्धता रहेको उल्लेख गरेका छन्। साथै आगामी दिनमा Nepal–भारत सम्बन्ध अझ उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले आफ्नो सन्देश सामाजिक सञ्जाल Facebook र X (Twitter) मा सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी, रवि लामिछाने र बालेन्द्र शाहलाई पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर