LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

गोरखामा ईभी गाडी दुर्घटना : ७ भारतीयको मृत्यु, ८ घाइते

फाल्गुन ३० – मनकामना मन्दिर दर्शन गरी फर्किने क्रममा ओरालो बाटोमा ईभी गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई गम्भीर अवस्थामा भरतपुर रिफर गरिएको छ। दुर्घटनामा गाडी सडकबाट करिब १५०–२०० मिटर तल खसेको थियो।

शहिद लखन गाउँपालिका वडा नं. ३ का अध्यक्ष दिपक पाण्डेका अनुसार, “बाटो निकै ठाडो र अप्ठ्यारो छ, त्यसमाथि पानी पनि परिरहेको थियो। ब्रेक फेल भएर गाडी तल खसेजस्तो देखिन्छ।”

सशस्त्र प्रहरीको टोलीले घटनास्थलमा उद्धार र शव निकाल्ने कार्यमा खटिएको छ। दुर्घटनाको सम्भावित कारण ओरालो बाटो, ब्रेक फेल र चालकको अपरिचितता रहेको अनुमान छ।

प्रतिक्रिया
सम्बन्धित खवर