LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

अस्पताल ड्युटीकै प्रहरीबाट शिक्षक कुटिए

तौलिहवा, फागुन १४

कपिलवस्तु अस्पतालमा ड्युटीमा रहेका प्रहरी जवानबाट एक शिक्षक कुटिएका छन् । श्री रत्न राज्य लक्ष्मी मा.वि. तौलिहवामा कार्यरत शिक्षक दिनेश बढईलाई प्रहरी जवान सर्वजित हरिजनले कुटपिट गरेका हुन् ।

आफ्नी श्रीमतीको उपचारमा रहेका शिक्षक बढई र अस्पतालकी परिचारिका विच तातो पानी माग्ने विषयमा सामान्य भनाभन हुदै गर्दा प्रहरी जवान हरिजनले शिक्षक बढई माथि हातपात गरेका थिए । रक्सीको मातमा रहेका प्रहरी जवान हरिजनले आफुलाई विना कसुर लठ्ठीले ठुलो चोट लाग्ने गरी कुटेको शिक्षक बढईले बताए ।

सुरक्षाकर्मीबाटै भएको शिक्षक कुटपिटको घटना प्रति जिल्लाका शिक्षक संवद्ध संघ संगठनहरुले विरोध जनाएका छन् । कुटपिटमा संलग्न प्रहरी जवान हरिजन उपर कारवाही हुनु पर्ने र अस्पतालमा आउने विरामी तथा विरामीका कुरुवाहरुको सुरक्षा संवेदनशीलता तर्फ स्थानीय प्रशासन सतर्क हुनु पर्ने अगुवा शिक्षक मोहन शुक्लाले बताए । घटनको सत्य तथ्य छानविन गरी दोषी उपर कडा कारवाही हुनु पर्ने नेपाल शिक्षक संघ कपिलवस्तुले जनाएको छ ।

ड्युटीकै समयमा रक्सी सेवन गरी आफ्नो पदको दुरुपयोग गर्ने प्रहरी जवान हरिजनलाई कडा कारवाही गर्नु पर्ने सामाजिक संजाल मार्फत स्थानीय प्रशासन संग स्थानीय अगुवा नागरिकहरुले माग समेत गरेका छन् । सभार ई साझा न्यूज डटकम l

प्रतिक्रिया
सम्बन्धित खवर