LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

जनता प्रगतिशील पार्टीको केन्द्रीय महासचिवमा विकास प्रेमी नेता पूर्व मन्त्री मिश्रा चयन

 

कपिलवस्तु , माघ २९

जनता प्रगतिशील पार्टीको महासचिवमा कपिलवस्तुका नेता तथा पूर्व मन्त्री ईश्वर दयाल मिश्रा चयन हुनु भएको छ । हृदयेश त्रिपाठीले नेतृत्व गरेको जनता प्रगतिशील पार्टीको केन्द्रिय महासचिवमा ईश्वर दयाल मिश्रा चयन हुनु भएको हो ।
जनता प्रगतिशील पार्टी नेपालको सातौँ ठूलो राजनीतिक दल हो । पार्टीको आधिकारिक रूपमा वि.सं २०७८ मङ्सिर २८ मा घोषणा गरिएको थियो। जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा अधिकारिक रूपमा पार्टी दर्ता गराइएको छ l

अध्यक्षमा हृदयेश त्रिपाठी , बरिष्ठ उपाध्यक्षमा डा. शिव जी यादव, उपाध्यक्षमा हर्क लाल सिंह राजवंशी, उपाध्यक्षमा मोहम्मद साविर हुसेन, उपाध्यक्षमा फरहान अकबाल खां, महासचिवमा ईश्वर दयाल मिश्र तथा डा. भरत कुमार थापा लगायत रहेका छन् l
कपिलवस्तु जिल्लाका विभिन्न ठांउका राम रूप बढ्ई, गोबर्धन मौर्य, त्रिलोकी यादव, राजमन चौधरी, हरिराम तेली, सहमा मुसलमान, बब्बु यादव, राघवेंद्र मणि त्रिपाठी, गुड्डू चौधरी, राजमन केवट, दिल बहादुर केवट, अंशु मिश्र, अनुराग पाण्डेय, देवराज चौधरी, बहाउ कुर्मी, पहलवान तेली, इन्द्रजीत यादव, नगेन्द्र मिश्र, जुनेद खां, वृजमोहन पासी, दिलसाद अहमद खां, लल्लू कोरी, राम रूप बरई लगायत हजारौं समर्थक ले कपिलवस्तु जिल्लाको विकास प्रेमी नेताको रूपमा परिचित रहेका ईश्वर दयाल मिश्र (बिरेन्द्र मिश्र) जनता पार्टी प्रगतिशील पार्टीको केन्द्रीय महासचिवमा चयन भएको कुरा जिल्लाको लागि राम्रो सूचक रहेको आकलन गरेका छन् l
साथै महासचिवमा छनोट भएको प्रति हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् l

प्रतिक्रिया
सम्बन्धित खवर