LIVE NEWS
आकाश कुमार साहको नेतृत्वमा जलेश्वरमा स्वास्थ्य सुधारको माग, ज्ञापनपत्र बुझाउँदै कडा आन्दोलनको चेतावनी...रामानन्द चोक–आँखा अस्पताल सडक: धुलो, खाल्डा र जीर्ण अवस्थाले स्थानीय व्यापार, बिरामी दिनहुँ दुःख भोग्दैअस्पतालबाट रिहा भए केपी ओली, परिवारको जिम्मा लगाइयोविश्वसँग सहकार्य बढाउने बालेनको घोषणा: लगानी, विकास र शान्तिमा जोडमासु पसलको हतियार प्रयोग गरी २ जना ह'त्या, आरोपी पक्राउमन्दिर परिसरमै हमला : कृष्ण मन्दिरमा चक्कु प्रहार, एक युवा गम्भीरप्रधानमन्त्री बालेनको नयाँ शैली: राजदूतहरूसँग सामूहिक भेट, कूटनीतिमा नयाँ अभ्यास

आकाश कुमार साहको नेतृत्वमा जलेश्वरमा स्वास्थ्य सुधारको माग, ज्ञापनपत्र बुझाउँदै कडा आन्दोलनको चेतावनी…

जलेश्वर, महोत्तरी चैत्र २६ —आज आकाश कुमार साहको नेतृत्वमा स्थानीय युवा, जनप्रतिनिधि, बुद्धिजीवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको संयुक्त टोलीले मधेश प्रदेशका स्वास्थ्य मन्त्री, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) तथा प्रादेशिक अस्पताल जलेश्वरका कार्यालय प्रमुखलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्।

उक्त ज्ञापनपत्रमा प्रादेशिक अस्पताल जलेश्वरको अध्यक्ष नियुक्ति प्रक्रिया राजनीतिक हस्तक्षेपपूर्ण भएको आरोप लगाउँदै उक्त निर्णय तत्काल खारेज गर्न र योग्य तथा स्थानीय विज्ञ व्यक्तिलाई नियुक्ति गर्न जोडदार माग गरिएको छ।

ज्ञापनपत्र बुझाउँदै टोलीले स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा राजनीतिक चलखेल अस्वीकार्य भएको स्पष्ट पारेको छ। साथै, स्थानीय जनताको भावनाअनुसार पारदर्शी र योग्यतामा आधारित निर्णय लिनुपर्नेमा जोड दिइएको छ।

नेतृत्वकर्ता आकाश कुमार साहले सम्बन्धित निकायलाई छिटो भन्दा छिटो निर्णय सच्याउन आग्रह गर्दै यदि माग सम्बोधन नभए कडा आन्दोलनका कार्यक्रमहरू अगाडि बढाइने चेतावनी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर