LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

अमेरिका–इरान युद्धविरामपछि विश्व बजारमा ठूलो हलचल : तेल १५% घट्यो, सेयर बजार हरियो

काठमाडौँ ,चैत्र २५ । अमेरिका र इरानबीच युद्धविरामको सहमति भएपछि विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय वित्तीय बजारमा सकारात्मक प्रभाव देखिन थालेको छ। रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्यबाट तेल तथा ग्यासको निर्यात पुनः सुचारु हुने संकेत मिलेपछि विश्व बजारमा ऊर्जा र सेयरको मूल्यमा उल्लेख्य परिवर्तन आएको हो।

 

युद्धविरामको घोषणा लगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब १५ प्रतिशतले घटेको छ। ब्रेन्ट क्रुड र डब्लुटीआई दुवैको मूल्यमा आएको तीव्र गिरावटपछि महँगी घट्ने अपेक्षामा लगानीकर्ताहरू उत्साहित देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ।

 

यसैबीच अमेरिकी सेयर बजारमा प्रविधि क्षेत्रका प्रमुख कम्पनीहरू एनभिडिया, टेस्ला र इन्टेलको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ। तर कच्चा तेलको मूल्य घटेपछि ऊर्जा क्षेत्रमा संलग्न अमेरिकी कम्पनीहरूको सेयर भने करिब ३ प्रतिशतले घटेको छ।

 

युद्धविरामको प्रभाव एसियाली बजारमा पनि देखिएको छ। जापानको निक्की सूचकांक ५ प्रतिशतभन्दा बढीले बढेर खुलेको छ भने दक्षिण कोरियाको कोस्पी सूचकांक झन्डै ६ प्रतिशतले उकालो लागेको छ।

 

यसैबीच एसियाली बजारमा कारोबार सुरु हुँदा अमेरिकी डलर दुई सातायताकै न्यून बिन्दुमा झरेको छ। डलर कमजोर भएसँगै युरो, ब्रिटिस पाउन्ड, जापानी येन, अस्ट्रेलियन डलर र न्युजिल्यान्ड डलरको विनिमय दर भने बलियो भएको छ।

 

विशेषज्ञहरूका अनुसार होर्मुज जलडमरूमध्यबाट आपूर्ति अवरोध हट्ने संकेतले विश्वव्यापी आपूर्ति शृङ्खलामा राहत पुग्ने र यसले अन्तर्राष्ट्रिय वित्तीय बजारलाई थप स्थिर बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर