LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

मासु पसलको हतियार प्रयोग गरी २ जना ह’त्या, आरोपी पक्राउ

काठमाडौँ चैत्र २५  : काललितपुरको पाटनस्थित कृष्ण मन्दिर क्षेत्रमा चक्कु प्रहार गरी दुई दाजुभाइको हत्या भएको छ। ३३ वर्षीय सुमीत नेम्बाङ र २६ वर्षीय उनका भाइ सिर्जन नेम्बाङमाथि सञ्जीव नेपालीले आक्रमण गरेका हुन्।

 

गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी दिँदै ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले पुष्टि गरेका छन्।

 

प्रहरीका अनुसार, आक्रमणमा संलग्न दुई जनालाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइसकिएको छ।

 

घटना कसरी भयो?बुधबार साँझ नेम्बाङ दाजुभाइले गरेको फोन सञ्जीव नेपालीको मोबाइलमा पुगेपछि उनीहरूबीच सामान्य कुराकानी सुरु भएको थियो। तर, अपरिचितबीचको संवाद चाँडै विवादमा परिणत भयो। फोनमै भनाभन बढेपछि सञ्जीवले उनीहरूलाई पाटन बोलाएका थिए।

 

इमाडोलबाट पाटन पुगेका दाजुभाइमाथि सञ्जीवले मासु पसलमा प्रयोग हुने धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए, जसका कारण दुवैको ज्यान गएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर