LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

मासु पसलको हतियार प्रयोग गरी २ जना ह’त्या, आरोपी पक्राउ

काठमाडौँ चैत्र २५  : काललितपुरको पाटनस्थित कृष्ण मन्दिर क्षेत्रमा चक्कु प्रहार गरी दुई दाजुभाइको हत्या भएको छ। ३३ वर्षीय सुमीत नेम्बाङ र २६ वर्षीय उनका भाइ सिर्जन नेम्बाङमाथि सञ्जीव नेपालीले आक्रमण गरेका हुन्।

 

गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी दिँदै ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले पुष्टि गरेका छन्।

 

प्रहरीका अनुसार, आक्रमणमा संलग्न दुई जनालाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइसकिएको छ।

 

घटना कसरी भयो?बुधबार साँझ नेम्बाङ दाजुभाइले गरेको फोन सञ्जीव नेपालीको मोबाइलमा पुगेपछि उनीहरूबीच सामान्य कुराकानी सुरु भएको थियो। तर, अपरिचितबीचको संवाद चाँडै विवादमा परिणत भयो। फोनमै भनाभन बढेपछि सञ्जीवले उनीहरूलाई पाटन बोलाएका थिए।

 

इमाडोलबाट पाटन पुगेका दाजुभाइमाथि सञ्जीवले मासु पसलमा प्रयोग हुने धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए, जसका कारण दुवैको ज्यान गएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर