LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

मन्दिर परिसरमै हमला : कृष्ण मन्दिरमा चक्कु प्रहार, एक युवा गम्भीर

काठमाडौँ , २५ चैत । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिर परिसरमा दुई युवामाथि चक्कु प्रहार भएको छ।

प्रहरीका अनुसार कृष्ण मन्दिर परिसरमा चार जनाको समूहमा आएका युवाहरूले दुई युवामाथि चक्कु प्रहार गरेका हुन्। घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

घाइते दुवैलाई उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी वृत्त सातदोबाटोकी प्रमुख डीएसपी पूर्णिमा चन्दको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। उक्त टोली अहिले चक्कु प्रहार गर्नेहरूको खोजी तथा घटनाको अनुसन्धानमा जुटिरहेको डीएसपी चन्दले बताइन्।

चक्कु प्रहारबाट घाइते भएका दुवै युवाको परिचय हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर