LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

प्रधानमन्त्री बालेनको नयाँ शैली: राजदूतहरूसँग सामूहिक भेट, कूटनीतिमा नयाँ अभ्यास

काठमाडौं, २५ चैत । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले कूटनीतिक भेटघाटमा नयाँ अभ्यास सुरु गरेका छन्। पद सम्हालेको १० दिनपछि आज उनले नेपालस्थित विभिन्न देशका राजदूतहरूलाई एकैसाथ भेट्ने कार्यक्रम तय गरेका छन्।

परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा हुने उक्त सामूहिक भेटले वर्षौँदेखि चल्दै आएको पुरानो कूटनीतिक चलनलाई तोडेको छ। सामान्यतया नयाँ प्रधानमन्त्री नियुक्त भएपछि नेपालस्थित राजदूतहरूले पालैपालो छुट्टाछुट्टै भेटघाट गर्ने प्रचलन रहँदै आएको थियो।

तर प्रधानमन्त्री शाहले सुरुवातमै सबै राजदूतलाई एकैसाथ भेट्ने निर्णय गरेर कूटनीतिक संवादलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउने प्रयास गरेका छन्।

सरकारका अनुसार यो अभ्यासले समयको बचत मात्र नभई सबै देशप्रति समान व्यवहार गर्ने नेपालको कूटनीतिक नीतिलाई पनि स्पष्ट रूपमा प्रस्तुत गरेको छ। कुनै एक देशलाई बढी र अर्कोलाई कम प्राथमिकता दिने धारणा हटाउँदै सबैसँग एकैसाथ संवाद गर्ने प्रयास गरिएको जनाइएको छ।

सामूहिक भेटघाटमार्फत खुला र पारदर्शी छलफललाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाहले कूटनीतिक सम्बन्धमा नयाँ शैलीको सुरुवात गरेका हुन्। यसलाई बालेन नेतृत्वको सरकार पुरानो ढर्राभन्दा फरक सोच र अभ्यासका साथ अघि बढ्न खोजेको संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर