LIVE NEWS
आकाश कुमार साहको नेतृत्वमा जलेश्वरमा स्वास्थ्य सुधारको माग, ज्ञापनपत्र बुझाउँदै कडा आन्दोलनको चेतावनी...रामानन्द चोक–आँखा अस्पताल सडक: धुलो, खाल्डा र जीर्ण अवस्थाले स्थानीय व्यापार, बिरामी दिनहुँ दुःख भोग्दैअस्पतालबाट रिहा भए केपी ओली, परिवारको जिम्मा लगाइयोविश्वसँग सहकार्य बढाउने बालेनको घोषणा: लगानी, विकास र शान्तिमा जोडमासु पसलको हतियार प्रयोग गरी २ जना ह'त्या, आरोपी पक्राउमन्दिर परिसरमै हमला : कृष्ण मन्दिरमा चक्कु प्रहार, एक युवा गम्भीरप्रधानमन्त्री बालेनको नयाँ शैली: राजदूतहरूसँग सामूहिक भेट, कूटनीतिमा नयाँ अभ्यास

विश्वसँग सहकार्य बढाउने बालेनको घोषणा: लगानी, विकास र शान्तिमा जोड

काठमाडौँ चैत्र २६ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपालस्थित विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेट गर्दै नेपालको वैदेशिक नीति, लगानी वातावरण र अन्तर्राष्ट्रिय सहकार्यबारे स्पष्ट धारणा राखेका छन्।

भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालले सबै मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ मजबुत, विश्वसनीय र दीर्घकालीन बनाउने प्रतिबद्धता व्यक्त गरे। आपसी विश्वास, सम्मान र पारस्परिक लाभका आधारमा साझेदारी विस्तार गर्दै सहकार्यलाई अझ प्रभावकारी बनाइने उनले बताए।

उनले नेपालले सन्तुलित, स्वतन्त्र र व्यावहारिक वैदेशिक नीति अपनाउँदै आएको उल्लेख गर्दै सबै देशसँग समदूरीमा सम्बन्ध अघि बढाउने नीति कायम रहने स्पष्ट पारे। नेपालको बाह्य सम्बन्ध साझा समृद्धि र सह–विकासको लक्ष्यमा केन्द्रित रहेको तथा त्यसमार्फत राष्ट्रिय आर्थिक विकासलाई गति दिने रणनीति रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले नेपाललाई निरन्तर साथ र सहयोग गर्दै आएका मित्र राष्ट्र तथा विकास साझेदारप्रति आभार व्यक्त गर्दै विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वले सर्वसाधारण नागरिकलाई गम्भीर असर पारिरहेको बताए। शान्ति स्थापना सबैको साझा र अपरिहार्य प्राथमिकता हुनुपर्नेमा उनले जोड दिएका छन्।

द्वन्द्व न्यूनीकरण तथा समाधानका लागि अन्तर्राष्ट्रिय समुदायबीच समन्वय, संवाद र सामूहिक प्रयास आवश्यक रहेको उनले उल्लेख गरे।

प्रधानमन्त्री शाहले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्दै विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्न सरकार दृढ रहेको पनि बताए। नीतिगत सुधार, पारदर्शिता र प्रक्रियागत सहजतामार्फत लगानीकर्ताको विश्वास अभिवृद्धि गरिने उनको भनाइ छ।

उद्यमशीलता प्रवर्द्धन गर्दै नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा दिगो विकासलाई केन्द्रमा राखेर आर्थिक नीति अघि बढाइने उनले बताए। साथै नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय आर्थिक संरचनामा अझ प्रभावकारी रूपमा समावेश हुने लक्ष्य रहेको उल्लेख गरे।

उनले व्यापार विस्तार, निर्यात प्रवर्द्धन र आर्थिक एकीकरणमार्फत समग्र अर्थतन्त्रलाई सुदृढ बनाइने बताए। नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता कायम रहने र स्थिर, पूर्वानुमानयोग्य तथा भरोसायोग्य नीतिगत वातावरण निर्माण गरिने उनको भनाइ छ।

प्रधानमन्त्री शाहले विकास, व्यापार, लगानी, जलवायु परिवर्तन अनुकूलन र जनस्तरको सम्बन्धजस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न सरकार इच्छुक रहेको बताए। साथै विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा, अधिकार र हित संरक्षण सरकारको उच्च प्राथमिकतामा रहने उनले जोड दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर