LIVE NEWS
देशको नेतृत्व अब बालेन साहको हातमाश्री एस.एल.पी. मा.वि. महुकी पत्थरगाडाको लाजमर्दो दृश्य—विद्यार्थीलाई कागज र प्लास्टिकमा खाजाविराटनगरमा महिलाको शव फेला : श्रीमान् नै हत्या आशंकामा पक्राउजनकपुरधाम–१४ मुजेलिया खाडीपोखरीको मुहारमा वाल र बाटो निर्माणलाई लिएर विवादआस्था र श्रद्धाको पर्व चैती छठ, जनकपुरधामका घाटमा विशेष तयारीसहकारी ठगी प्रकरणमा रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध आज सुनुवाइफुटपाथ अतिक्रमण हटाउन मन्त्री महतोको पुनः अनुगमन

देशको नेतृत्व अब बालेन साहको हातमा

चैत्र ११ :प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले चैत १३ गते शपथ लिने भएका छन्। शुक्रबार मध्याह्न साढे १२ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको हो।

चैत १२ गते प्रतिनिधिसभा सदस्यहरूको शपथ भएपछि साहले भोलिपल्ट प्रधानमन्त्रीको शपथ लिन लागेका हुन्। शपथपछि उनी पदभार ग्रहणका लागि दिउँसो सवा २ बजे सिंहदरबार जाने कार्यक्रम रहेको छ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँगको छलफलपछि चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गर्ने समय तय गरिएको हो।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट बालेन ठूलो मतान्तरसहित विजयी भएका थिए। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन्। निर्वाचन आयोगका अनुसार साहले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओली १८ हजार ७३४ मतमै सीमित भएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर