LIVE NEWS
हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्रीजेनजी आन्दोलनको एक वर्ष : तस्बिरमा हेर्नुहोस्, विध्वंशदेखि बालेनको प्रधानमन्त्री नियुक्तिसम्मएक वर्षपछि जेनजी आन्दोलन : के बदलियो, के बाँकी छ ?वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदान

जलेश्वरमा मेयर कप सामान्य ज्ञान प्रतियोगिता: उत्कृष्ट विद्यार्थीहरू भव्य रूपमा सम्मानित

मो. इर्शाद जलेश्वर, चैत्र ४ — जलेश्वर नगरपालिकाद्वारा आयोजित मेयर कप सामान्य ज्ञान प्रतियोगिता–२०८२/०८३ अन्तर्गत पुरस्कार वितरण समारोह जलेश्वर–०१ स्थित श्री महेन्द्र आदर्श महिला माध्यमिक विद्यालयको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ।

प्रतियोगितामा आधारभूत तथा माध्यमिक दुवै तहका उत्कृष्ट विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी, मेडल तथा अध्ययन सामग्री प्रदान गर्दै सम्मान गरिएको थियो।

आधारभूत तहका विजेता विद्यालयहरू

प्रथम: सिमबायोसिस इन्टरनेशनल एकेडेमी, जलेश्वर–२

द्वितीय: श्री राष्ट्रिय आधारभूत विद्यालय, जलेश्वर–३

तृतीय: श्री अभिनन्दन आधारभूत विद्यालय, जलेश्वर–१०

माध्यमिक तहका विजेता विद्यालयहरू

प्रथम: साउथ एशियन क्याम्ब्रिज ई.बो.से. स्कुल, जलेश्वर–१

द्वितीय: श्री ल.च.मु. मा.वि., जलेश्वर–२

तृतीय: शिशु ज्ञान निकुञ्ज ई.बो. स्कुल, जलेश्वर–१

वितरण गरिएका सामग्रीहरू

कुल २४ जना सहभागी विद्यार्थीहरूलाई मेक्सिम ग्रामर, सामान्य ज्ञान पुस्तक, साइन्स क्यालकुलेटर (Thailand), जेल पेन (१०/१०), डायरी, फोल्डिङ प्याड, मेडल, फ्रेमिङ प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो। साथै १६ विद्यालयलाई सहभागिता प्रमाणपत्र र मूल समितिका ११ सदस्यलाई ‘फ्रेमिङ सम्मानपत्र’ प्रदान गरियो।

कार्यक्रमका महत्वपूर्ण मितिहरू

आधारभूत तह फाइनल: २०८२/११/२६

माध्यमिक तह फाइनल: २०८२/११/२८

पुरस्कार वितरण: २०८२/१२/०४

कार्यक्रम संयोजक रंजीत चौधरीका अनुसार, ‘ब्याग’ तथा ‘नगद पुरस्कार’ वितरण गर्ने योजना रहे पनि केही प्राविधिक कारणले उक्त सामग्री उपलब्ध गराउन नसकिएको जानकारी दिइएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक, सञ्चारकर्मी तथा सम्पूर्ण सहयोगीप्रति आयोजक समितिले कृतज्ञता व्यक्त गरेको छ।

कार्यक्रममा आयोजक जलेश्वर नगरपालिकाका प्रतिनिधिहरूले यस्ता प्रतियोगिताले विद्यार्थीहरूको शैक्षिक विकास र प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताएका थिए।

कार्यक्रमको अध्यक्षता जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनारले गरेका थिए भने प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार ठाकुर तथा नगर शिक्षा अधिकृत कीर्ती कुमारी कर्ण रहेका थिए।

कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, पत्रकार, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर