LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सहकारी ठगी प्रकरणमा रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध आज सुनुवाइ

चैत्र ९ : रास्वपा सभापति रवि लामिछाने विरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा दायर अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ।

 

सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले यसअघि मुद्दा फिर्ता गर्ने निर्णय किन र कसरी संशोधन गरियो भन्नेबारे फाइल झिकाउन आदेश दिएको थियो। त्यसअनुसार महान्यायाधिवक्ताको कार्यालयले आइतबार आवश्यक फाइल सर्वोच्चमा बुझाएको छ।

 

सोही फाइल अध्ययनपछि आज मुद्दाको थप सुनुवाइ अघि बढ्नेछ, जसले लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णय कानुनी रूपमा टिक्छ कि उल्टिन्छ भन्ने कुरामा महत्वपूर्ण मोड ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर