LIVE NEWS
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियोबुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो

श्री एस.एल.पी. मा.वि. महुकी पत्थरगाडाको लाजमर्दो दृश्य—विद्यार्थीलाई कागज र प्लास्टिकमा खाजा

चैत्र ११ :   डाक्नेश्वरी नगरपालिका–९, पत्थरगाडा स्थित श्री एस.एल.पी. मा.वि. महुकी  पत्थरगाडा विद्यालयमा विद्यार्थीलाई दिइने दिवा खाजा व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ। विद्यालयमा दिवा खाजा त दिइँदै आएको छ, तर विद्यार्थीलाई कापीको पन्ना र प्लास्टिकमा खाजा राखेर खान दिइएको दृश्य सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्।

 

सरकारले बालबालिकाको स्वास्थ्य सुधार र विद्यालयमा उपस्थिती बढाउने उद्देश्यले दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको भए पनि उक्त विद्यालयमा भने सरसफाइ र व्यवस्थापनको चरम लापरबाही देखिएको आरोप लागेको छ। कागज र प्लास्टिकमा खाजा खुवाउँदा विद्यार्थीको स्वास्थ्यमा समेत जोखिम हुने भन्दै अभिभावकहरूले चिन्ता व्यक्त गरेका छन्।

स्थानीयले यस विषयमा सम्बन्धित निकायले तत्काल छानबिन गरी जिम्मेवारमाथि कारबाही गर्नुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार दिवा खाजा कार्यक्रमको नाममा यस्तो लापरबाही हुनु बालबालिकाको सम्मानमाथि नै ठेस पुग्ने विषय हो।

प्रतिक्रिया
सम्बन्धित खवर