LIVE NEWS
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियोबुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो

जनकपुरधाम–१४ मुजेलिया खाडीपोखरीको मुहारमा वाल र बाटो निर्माणलाई लिएर विवाद

जनकपुरधाम चैत्र ११ :जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित खाडीपोखरीको मुहारमा वाल (पर्खाल) र सडक निर्माण गर्ने विषयलाई लिएर स्थानीयहरूबीच विवाद उत्पन्न भएको छ।

पोखरीको मुहार संरक्षण तथा बाटो सुरक्षित बनाउन वाल लगाउने योजना रहे पनि स्थानीयहरूले भने जहाँ धेरै मानिसको बसोबास छ र दैनिक आवतजावत हुन्छ, त्यही दक्षिण साइडमा वाल लगाई सडक निर्माण गर्नुपर्ने माग गरेका छन्।

उनीहरूका अनुसार सो क्षेत्रमा धेरै सर्वसाधारण बसोबास गर्ने र त्यही बाटो प्रयोग गर्ने भएकाले दक्षिण साइडबाट बाटो बनेमा धेरै स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्।


तर केही व्यक्तिहरू भने बसोबास र खासै आवतजावत नभएको उत्तर साइडमा वाल लगाएर सडक निर्माण गर्नुपर्ने पक्षमा देखिएका छन्। यसै कारण स्थानीयहरूबीच मतभेद बढ्दै गएको छ।


स्थानीय बासिन्दा तथा वडा अध्यक्षसहित अधिकांशले सर्वसाधारणको आवश्यकता र प्रयोगलाई ध्यानमा राखेर निर्णय गर्नुपर्ने बताएका छन्। उनीहरूले धेरै मानिसलाई उपयोग हुने साइडमा वाल र सडक निर्माण गर्न स्थानीय तहसँग माग समेत गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर