LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

जनकपुरधाम–१४ मुजेलिया खाडीपोखरीको मुहारमा वाल र बाटो निर्माणलाई लिएर विवाद

जनकपुरधाम चैत्र ११ :जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित खाडीपोखरीको मुहारमा वाल (पर्खाल) र सडक निर्माण गर्ने विषयलाई लिएर स्थानीयहरूबीच विवाद उत्पन्न भएको छ।

पोखरीको मुहार संरक्षण तथा बाटो सुरक्षित बनाउन वाल लगाउने योजना रहे पनि स्थानीयहरूले भने जहाँ धेरै मानिसको बसोबास छ र दैनिक आवतजावत हुन्छ, त्यही दक्षिण साइडमा वाल लगाई सडक निर्माण गर्नुपर्ने माग गरेका छन्।

उनीहरूका अनुसार सो क्षेत्रमा धेरै सर्वसाधारण बसोबास गर्ने र त्यही बाटो प्रयोग गर्ने भएकाले दक्षिण साइडबाट बाटो बनेमा धेरै स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्।


तर केही व्यक्तिहरू भने बसोबास र खासै आवतजावत नभएको उत्तर साइडमा वाल लगाएर सडक निर्माण गर्नुपर्ने पक्षमा देखिएका छन्। यसै कारण स्थानीयहरूबीच मतभेद बढ्दै गएको छ।


स्थानीय बासिन्दा तथा वडा अध्यक्षसहित अधिकांशले सर्वसाधारणको आवश्यकता र प्रयोगलाई ध्यानमा राखेर निर्णय गर्नुपर्ने बताएका छन्। उनीहरूले धेरै मानिसलाई उपयोग हुने साइडमा वाल र सडक निर्माण गर्न स्थानीय तहसँग माग समेत गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर