LIVE NEWS
विराटनगरमा महिलाको शव फेला : श्रीमान् नै हत्या आशंकामा पक्राउजनकपुरधाम–१४ मुजेलिया खाडीपोखरीको मुहारमा वाल र बाटो निर्माणलाई लिएर विवादआस्था र श्रद्धाको पर्व चैती छठ, जनकपुरधामका घाटमा विशेष तयारीसहकारी ठगी प्रकरणमा रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध आज सुनुवाइफुटपाथ अतिक्रमण हटाउन मन्त्री महतोको पुनः अनुगमनजथाभावी क्रस अन्त्य, रामानन्द चौकमा जेब्रा क्रसिङले ल्यायो सहजताजिम्मेवारी स्वीकार्दै गगन थापाको राजीनामा, पुनर्निर्माण यात्रामा रहने प्रतिबद्धता

सहकारी ठगी प्रकरणमा रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध आज सुनुवाइ

चैत्र ९ : रास्वपा सभापति रवि लामिछाने विरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा दायर अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ।

 

सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले यसअघि मुद्दा फिर्ता गर्ने निर्णय किन र कसरी संशोधन गरियो भन्नेबारे फाइल झिकाउन आदेश दिएको थियो। त्यसअनुसार महान्यायाधिवक्ताको कार्यालयले आइतबार आवश्यक फाइल सर्वोच्चमा बुझाएको छ।

 

सोही फाइल अध्ययनपछि आज मुद्दाको थप सुनुवाइ अघि बढ्नेछ, जसले लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णय कानुनी रूपमा टिक्छ कि उल्टिन्छ भन्ने कुरामा महत्वपूर्ण मोड ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर