LIVE NEWS
नेपालको नयाँ राजनीतिक समीकरणमा मोदीको चासो, रवि र बालेन्द्रसँग टेलिफोन कुराकानीराजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भीषण आगलागीट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर मृत्यु१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरीको मटिहानी प्रवेश गर्दैनेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्तावजलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि: रातिदेखि नै भक्तजनको घुइँचो, बिहानैदेखि लामो लाइनदुःखद घटना : मटिहानी–४ मझौरामा ट्याक्टर दुर्घटनामा दुई बालिकाको ज्यान गयो

टिकटकमा ‘धार्मिक अफवाह’ फैलाउने र मस्जिद तोडफोड गर्ने ३ जना धनुषामा पक्राउ

जनकपुरधाम पौष २०: सामाजिक सञ्जाल टिकटक (TikTok) मार्फत धार्मिक सद्भावमा खलल पुग्ने गरी अफवाह फैलाएको र मस्जिदमा तोडफोड गरेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

​जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो।
के थियो घटना?
​प्रहरीका अनुसार धनुषाको कमला नगरपालिका वडा नं. ६ बस्ने हैदर अंसारी र १९ वर्षीय अमानत अंसारीले टिकटकमा विभिन्न किसिमका अपशब्द प्रयोग गरी समुदाय लक्षित गालीगलौज गरेको भिडियो पोस्ट गरेका थिए। उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १५६ बमोजिम ‘धर्म सम्बन्धी कसूर’मा मुद्दा चलाउन जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

​त्यस्तै, उक्त टिकटक भिडियोको विषयलाई लिएर पुस १९ गते शनिबार दिउँसो करिब २:०० बजे कमला नगरपालिका–६, सखुवा टोलस्थित मस्जिदमा तोडफोड भएको थियो। मस्जिदमा पसी कागजातहरू निकाल्ने र धार्मिक ग्रन्थहरू जलाएको आरोपमा सोही ठाउँका २५ वर्षीय कपिल भनिने राम प्रताप साहलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई दफा १५५ बमोजिमको कसूरमा अनुसन्धान भइरहेको छ।

प्रहरीको कडा चेतावनी
​जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (DSP) गणेश बहादुर बमले फेसबुक, टिकटक, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमा कसैको धार्मिक आस्थामा खलल पुर्याउने सामग्री पोस्ट, लाइक, सेयर वा कमेन्ट नगर्न सचेत गराउनुभएको छ। यसो गरेको पाइएमा प्रचलित कानुन अनुसार कडा कारबाही गरिने प्रहरीले जनाएको छ।

​साथै, प्रहरीले जिल्लामा सामाजिक सद्भाव र शान्ति कायम राख्न राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणमा हार्दिक अपील समेत गरेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित खवर