LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

जलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि: रातिदेखि नै भक्तजनको घुइँचो, बिहानैदेखि लामो लाइन

जलेश्वर ,फाल्गुन ३ आकाश शाह :  महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित जलेश्वर महादेव मन्दिरमा महाशिवरात्रिको अवसरमा हिजो रातिदेखि नै भक्तजनहरूको ठूलो भीड लागेको छ। भगवान शिवको विशेष पूजा–अर्चना तथा जलअर्पण गर्न हजारौँ श्रद्धालुहरू मन्दिर परिसरमा भेला भएका छन्।

बिहानै देखि दर्शनका लागि लामो लाइन लागेको छ भने टाढा–टाढाबाट आएका भक्तजनहरू उपवास बस्दै भजन–कीर्तनमा सहभागी भइरहेका छन्। मन्दिर क्षेत्र पूर्ण रूपमा भक्तिमय बनेको छ।

भीड व्यवस्थापनका लागि स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालन गरिएको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ भने सरसफाइ र स्वास्थ्य सेवामा पनि विशेष ध्यान दिइएको छ।

शिवरात्रिका कारण मन्दिर आसपासका बजार क्षेत्रमा समेत चहलपहल बढेको छ। पूजासामग्री, फलफूल तथा प्रसाद पसलहरूमा किनमेल गर्नेहरूको उल्लेखनीय भीड देखिएको छ।

महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व भएकाले प्रत्येक वर्ष जलेश्वरमा विशेष उत्साहका साथ मनाइँदै आएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर