LIVE NEWS
बाल अधिकार र नेतृत्व विकासका लागि रतौली युवा क्लबको अर्को कदम, जिल्ला बाल क्लब सञ्जाल गठनसत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्न

जलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि: रातिदेखि नै भक्तजनको घुइँचो, बिहानैदेखि लामो लाइन

जलेश्वर ,फाल्गुन ३ आकाश शाह :  महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित जलेश्वर महादेव मन्दिरमा महाशिवरात्रिको अवसरमा हिजो रातिदेखि नै भक्तजनहरूको ठूलो भीड लागेको छ। भगवान शिवको विशेष पूजा–अर्चना तथा जलअर्पण गर्न हजारौँ श्रद्धालुहरू मन्दिर परिसरमा भेला भएका छन्।

बिहानै देखि दर्शनका लागि लामो लाइन लागेको छ भने टाढा–टाढाबाट आएका भक्तजनहरू उपवास बस्दै भजन–कीर्तनमा सहभागी भइरहेका छन्। मन्दिर क्षेत्र पूर्ण रूपमा भक्तिमय बनेको छ।

भीड व्यवस्थापनका लागि स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालन गरिएको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ भने सरसफाइ र स्वास्थ्य सेवामा पनि विशेष ध्यान दिइएको छ।

शिवरात्रिका कारण मन्दिर आसपासका बजार क्षेत्रमा समेत चहलपहल बढेको छ। पूजासामग्री, फलफूल तथा प्रसाद पसलहरूमा किनमेल गर्नेहरूको उल्लेखनीय भीड देखिएको छ।

महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व भएकाले प्रत्येक वर्ष जलेश्वरमा विशेष उत्साहका साथ मनाइँदै आएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर