LIVE NEWS
नेपालको नयाँ राजनीतिक समीकरणमा मोदीको चासो, रवि र बालेन्द्रसँग टेलिफोन कुराकानीराजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भीषण आगलागीट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर मृत्यु१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरीको मटिहानी प्रवेश गर्दैनेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्तावजलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि: रातिदेखि नै भक्तजनको घुइँचो, बिहानैदेखि लामो लाइनदुःखद घटना : मटिहानी–४ मझौरामा ट्याक्टर दुर्घटनामा दुई बालिकाको ज्यान गयो

महेश बस्नेत सवार गाडीमा मोरङको विराटनगरमा रातो रङ छ्याप्ने दुई युवा पक्राउ परे पनि केही घण्टामै रिहा

काठमाडौँ , मंसिर ७— नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेत सवार गाडीमा मोरङको विराटनगरमा रातो रङ छ्याप्ने दुई युवा पक्राउ परे पनि केही घण्टामै रिहा भएका छन्।

 

आइतबार बिहान विराटनगर विमानस्थल छेउमै बस्नेत चढेको गाडी बाहिरिँदै गर्दा अर्पित कुँवर र संजोग गौतम नामक दुई युवाले गाडीमा रातो रङ प्रहार गरेका थिए। घटनालगत्तै प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिए पनि साँझतिर रिहा गरिएको मोरङ जिल्ला प्रहरी कार्यालयकी डीएसपी कोपिला चुडालले जानकारी दिइन्।

 

बस्नेत इटहरीतर्फ पार्टी कार्यक्रममा सहभागी हुन जाँदै गर्दा यस्तो आक्रमणको प्रयास गरिएको थियो।

 

यसबारे प्रारम्भिक अनुसन्धानमा दुबै युवा नेपाली कांग्रेस–निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ता भएको खुलेको छ। उनीहरूको नाम सार्वजनिक भएपछि नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सामाजिक सञ्जालमार्फत संगठनभित्रै कारबाही गर्ने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर