LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

मित्रराष्ट्र विराेधी मानसिकता बढाउने फिल्मले द्वन्द सृजना गर्छ : अध्यक्ष पठान

 

कपिलवस्तु ।

केही दिनदेखि नेपालकाे एउटा फिल्मकाे भिडियाे क्लिप भाइरल भइरहेकाे छ । गाेल्डेन आई फिल्म कम्पनीकाे ब्यानर र दयाराम दयालकाे निर्देशन तथा राजेश हमालद्वारा अभिनित नेपाली कथानक चलचित्र “दशगजा” मा भारतीय एसएसबी लक्षित केही बेरकाे भिडियाे क्लिप अहिले विभिन्न फेसबुक आईडीमा भाइरल भइरहेकाे पाइएकाे छ ।

 

“दशगजा” फिल्म काे भाइरल भिडियाेमा भारतीय एसएसबी प्रतिकाे जनआक्राेस देखाउन खाेजेपनि मित्र राष्ट्रलाई घाेच्याउने मानसिकता बढी नै रहेकाे इण्डाे-नेपाल समाजिक मञ्चका राष्ट्रिय अध्यक्ष अकरम पठानकाे भनाई छ । अध्यक्ष पठानले मित्रराष्ट्र विराेधी मानसिकता बढाउने फिल्मले समाज र दुईदेश बीच द्वन्द सृजना गर्ने बताउनुभयो । उनले राेटीबेटीकाे सम्बन्ध रहेकाे भारत नेपालकाे सबभन्दा असल मित्र हाे , भुकम्पदेखि लिएर बाढी पहिराेमा राहत हाेस अथवा पुर्वाधार निर्माण लगायत पुनर्निर्माणसम्ममा सहयाेग गर्दै आएकाे छ । यस्ता चलचित्रले निर्माता कम्पनीकाे त क्षणिक फाइदा हुन्छ तर दुई देशका जनतामा बैमन्स्यता फैलाइदिन्छ जुन सुरक्षा र समृद्धिका दृष्टिकोणले दुवैदेशका लागि हानिकारक हुनेछ ।सभार कपिलवस्तु टाइम्स डटकम l

प्रतिक्रिया
सम्बन्धित खवर