LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

मो. इर्शाद :महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं. १० स्थित सारीमा समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जलेश्वर नगरपालिका अन्तर्गतको आधारभूत स्वास्थ्य सेवा केन्द्र, सारीको आयोजनामा सो कार्यक्रम सञ्चालन गरिएको हो।

 

समुदायस्तरमा देखापर्ने विभिन्न रोगहरू र असामान्य स्वास्थ्य घटनाहरूलाई छिटो पहिचान गरी महामारी फैलिन नदिन र जनस्वास्थ्यको सुरक्षा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा समुदायबाट रोगको जानकारी संकलन, सत्यतथ्य जाँच, र प्राप्त तथ्याङ्कको अभिलेख राखी तत्काल प्रतिक्रिया दिने विधिबारे सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो।

 

कार्यक्रमका प्रशिक्षक रोशन प्रसाद चौधरीले समुदायमा कुनै पनि नयाँ वा शंकास्पद रोग देखा परेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीलाई खबर गर्न आग्रह गर्नुभयो। साथै, सरकारले सञ्चालन गरेको ‘हेल्लो स्वास्थ्य’ (१११५) मा फोन गरेर पनि जानकारी दिन सकिने बताइएको छ।

 

कार्यक्रम अधिकृत लेखनाथ यादवले समुदायका सबै वर्ग मिलेर काम गरे मात्र रोगको प्रभावकारी निगरानी सम्भव हुने बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो मुख्य लक्ष्य भनेको रोग फैलिएपछि उपचार गर्नुभन्दा रोगलाई सुरुवाती अवस्थामै चिन्नु र सूचना प्रवाह गर्नु हो।

 

युनिसेफ (UNICEF) को प्राविधिक तथा वित्तीय सहयोग एवं PHRD Nepal को साझेदारीमा संचालित यस कार्यक्रममा वडा अध्यक्ष, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक, सामाजिक अगुवा, पत्रकार, आमा समूह, धार्मिक अगुवा तथा युवा क्लबका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

 

सहभागीहरूलाई आफ्नो क्षेत्रमा हुने असामान्य स्वास्थ्य गतिविधिबारे शीघ्र सूचना सम्बन्धित निकायमा पुर्‍याउने जिम्मेवारीका बारेमा समेत प्रशिक्षित गरिएको थियो। यस अभियानले जलेश्वर नगरपालिका क्षेत्रको जनस्वास्थ्य अवस्थालाई थप सुदृढ बनाउने विश्वास लिइएको छ

प्रतिक्रिया
सम्बन्धित खवर