LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

हिन्दू सम्राट सेनाले जलेश्वरमा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनायो

जनकपुरधाम पुस २७:  हिन्दू सम्राट सेना जलेश्वरद्वारा आज राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०४औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमका साथ मनाइएको छ।

कार्यक्रमअन्तर्गत पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै राष्ट्रिय एकता, सार्वभौमिकता र स्वाभिमानको महत्वबारे चर्चा गरिएको थियो। नेपाल एकीकरणमा पृथ्वीनारायण शाहले खेलेको ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै उहाँका राष्ट्रनिर्माणसम्बन्धी विचार आज पनि सान्दर्भिक रहेको बताएका छन्।

हिन्दू सम्राट सेना जलेश्वरले यस्ता कार्यक्रमले युवापुस्तामा राष्ट्रप्रेम, एकता र अनुशासनको भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा संगठनका पदाधिकारी, सदस्य तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर