LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

हिन्दू सम्राट सेनाले जलेश्वरमा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनायो

जनकपुरधाम पुस २७:  हिन्दू सम्राट सेना जलेश्वरद्वारा आज राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०४औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमका साथ मनाइएको छ।

कार्यक्रमअन्तर्गत पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै राष्ट्रिय एकता, सार्वभौमिकता र स्वाभिमानको महत्वबारे चर्चा गरिएको थियो। नेपाल एकीकरणमा पृथ्वीनारायण शाहले खेलेको ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै उहाँका राष्ट्रनिर्माणसम्बन्धी विचार आज पनि सान्दर्भिक रहेको बताएका छन्।

हिन्दू सम्राट सेना जलेश्वरले यस्ता कार्यक्रमले युवापुस्तामा राष्ट्रप्रेम, एकता र अनुशासनको भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा संगठनका पदाधिकारी, सदस्य तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर